शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • चट्याङबाट तीजमा नाचगान गरिरहेका दुई जनाको मृत्यु

चट्याङबाट तीजमा नाचगान गरिरहेका दुई जनाको मृत्यु

  • बुधबार, भदौ १५, २०७९
चट्याङबाट तीजमा नाचगान गरिरहेका दुई जनाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन । गम्भीर घाइते र अन्य १० जना सामान्य घाइतेलाई अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीले घटनास्थलमा प्रहरी पुगिसकेको र घाइतेलाई प्रहरीले उपचारका लागि अस्पताल ल्याउन लागेको जानकारी दिए । वलीका अनुसार गुरगाउँमा चट्याङ लागेर मृत्यु हुनेमा सोही वडाका १९ वर्षीय मनिषा शाह र १६ वर्षीय दीपा घर्ती रहेका छन ।

हरितालिका तीजको अवसरमा मंगलबार राती ११ वजे नाचगानका क्रममा चट्याङ लागेर उनीहरुको मृत्यु भएको एसपी वलीले बताए । प्रहरीका अनुसार अनुसार घटनाबारे बुधबार बिहान ७ बजेपछि मात्रै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो ।

घोराही भित्र पर्ने भएपनि दुर्गम गाउँ भएकाले घटनास्थल पुग्न प्रहरीलाई झन्डै ५ घन्टा पैदल हिँड्नुपर्ने स्थानीयको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार