बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश
  • हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु

  • बुधबार, भदौ १५, २०७९
हात्तीको आक्रमणबाट  झापामा १ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

झापाको बाह्रदशी-१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायीक वनमा हात्तीले आक्रमण गरेको थियो । घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा साँझ ५:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यलय प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार