बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा २० लाख खर्च गरेकाे स्वास्थ्य चाैकीकाे अधुरो भवन

बझाङमा २० लाख खर्च गरेकाे स्वास्थ्य चाैकीकाे अधुरो भवन

  • आइतवार, भदौ १२, २०७९
बझाङमा २० लाख खर्च गरेकाे स्वास्थ्य चाैकीकाे अधुरो भवन

अर्थजङ्ग शाही/बझाङ — सुबेडा स्वास्थ्य चौकी को भवन विगत केहि बर्षदेखि अल्पत्र अबस्थामा छ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ७ स्थित सुबेडा स्वास्थ्य चौकीको दुई कोठे भवन निर्माणका लागी बिस लाख रकम विनियोजित भएको थियो ।
आर्थिक वर्ष २०७७ /०७८ मा सुदुरपश्चिम प्रदेश अन्तर्गत को सामाजिक बिकास मन्त्रालयले उक्त रकम विनोजित गरेको हो । बिस लाख रकम खर्चेर पनि भवन अधुरो रहेको छ । सो भवन निर्माणका लागी वडा कार्यालयले निर्माण समिति गठन गरि उक्त भवन निर्माण गरिएको थियो । जनप्रतिनिधिले अलग्गै निर्माण समिति गठन गरेर कार्य गरिएकोमा स्वास्थ्य चौकीको कुनै सरोकार नरहेको स्वास्थ्य चौकी प्रमुख बिनोद खड्काले जानकारि दिएका छन् ।
कार्यालय मा सेवा सञ्चालन गर्न स्वास्थ्य चौकीलाई भवन अभाव रहेका बेला तत्कालीन स्वास्थ्य चौकी व्यवस्थापन समिति र निर्माण समितिको मिलोमतोमा भवन निर्माणमा आएको रकम सदुपयोग नगरि भवनलाई अधुरो राखेका हुन ।
बिस लाखमा दुई कोठे भवन समेत बनाईएन अब निर्माण गर्नलाई बजेटको जोहो गर्न लागेको वडा अध्यक्ष एंव स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष सिवराज जोशीले बताएका छन् । तत्कालीन अध्यक्ष र समिति को लापारबाहिका कारण भवन अधुरो राखेको स्थानियको आरोप छ । स्वास्थ्य चौकीमा प्रसुति गृहका लागी भवन अभाव भएको अनमी राधा रानाले बताएकि छन । कार्यालयलाई भवन अभाव रहेका बेला यसरि आएको रकम सदुपयोग नहुदा सेवा प्रवाहका लागी अफ्टयारो भईरहेको छ । । साघुरो र कच्ची भवनमा सुत्केरिलाई सेवा दिदा निकै जोखिम रहेको अनमी रानाले बताईन ।

चर्चामा

सम्बन्धित समाचार