शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

  • आइतवार, भदौ १२, २०७९
९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

काठमाडौं — भारतको नोयडामा कानुन विपरीत निर्माण गरिएका दुईवटा टावर (अग्ला भवन) सुरक्षित रुपमा भत्काइएको छ ।

सुपरटेक बिल्डरले निर्माण गरेका यी टावर एपेक्स र केयन नामबाट चिनिएका थिए ।

टावर भत्काउन ३ हजार ७ सय किलो विस्फोटक पदार्थ प्रयोग गरिएको छ । भवन भत्केपछि धुलो उड्ने भएकाले आसपासका ठाउँ खालि गरिएको थियो ।

आसपासको सडक पनि बन्द गरिएको थियो । सुपरटेकले भवन आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्दै भारतको सर्वोच्च अदालतले टावर भत्काउन आदेश दिएको थियो । भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।

चर्चामा

सम्बन्धित समाचार