शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • नेपालको प्रतिवर्ष विद्युत खपत बढ्यो

नेपालको प्रतिवर्ष विद्युत खपत बढ्यो

  • आइतवार, भदौ १२, २०७९
नेपालको प्रतिवर्ष विद्युत खपत बढ्यो

नेपालको प्रति वर्ष विद्युत खपत दरमा वृद्धि आएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका अनुसार नेपालको वार्षिक औसत विद्युत खपत दर वृद्धि भएको हो । अघिल्लो वर्ष नेपालको प्रति वर्ष विद्युत खपत ३२५ युनिट प्रतिव्यक्ति थियो । जुन, गत आर्थिक वर्ष २०७८/७९ को अवधिमा प्रतिव्यक्ति २६ युनिटले बढेर ३५१ युनिट पुगेको हो ।

मन्त्रालयका अनुसार विगत पाँच वर्षको विद्युतको वार्षिक औसत खपत दर १८ प्रतिशतको दरले वृद्धि भएको छ । यस्तै, हाल देशको करिब ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ । ‘स्वदेशी विद्युत जोडौँ, विदेशी ग्यास छोडौं’ भन्ने अभियानबाट विद्युत खपतमा वृद्धि भएको ऊर्जा मन्त्री पम्फा भुसालको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार