बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारत, पाकिस्तान र मलेसियामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै

भारत, पाकिस्तान र मलेसियामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै

  • आइतवार, भदौ १२, २०७९
भारत, पाकिस्तान र मलेसियामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै

एजेन्सी — भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ। सरकारले शनिबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा नौ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएको छ। देशमा हाल ८७ हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित छन्।

यसैगरी छिमेकी पाकिस्तानमा सोही अवधिमा दुई सय ९० जना नयाँ सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेहरूको सङ्ख्या तीस हजार पाँच सय ७१ पुगेको छ। सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाब प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीहरूले बताएका छन्।

यसैबीच, मलेसियामा कारोना लागेर ६ जनाको मृत्यु भएको तथा तीन हजार एक सय १८ जना नयाँ बिरामी थपिएका छन्। शुक्रबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीहरूले अझै पनि देशभर ३७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार