बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

  • शनिबार, भदौ ११, २०७९
फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं — विश्व फुटबल महासंघ (फिफा) ले अखिल भारत फुटबल महासंघ (एआइएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।

फिफाले भारतमाथिको प्रतिबन्ध दुई साता नपुग्दै फुकुवा गरेको हो। यसअघि एआइएफएफएमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि प्रतिबन्ध लगाएको थियो।

भारतमा फुटबलको दैनिक कार्यसञ्चालनका लाथि एआइएफएफको पुरानै समितिलाई दिईने भएपछि फिफाले भारतमाथिको प्रतिबन्ध फुकुवा गरेको हो। भारतको सर्वोच्च अदालतले सोमबार मात्र फुटबल सञ्चालन गर्न आफैले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफलाई फुटबल सञ्चालनको अधिकार दिएको थियो।

चर्चामा

सम्बन्धित समाचार