बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • यस्तो छ एमालेको उम्मेदवार बन्ने मापदण्ड

यस्तो छ एमालेको उम्मेदवार बन्ने मापदण्ड

  • शनिबार, भदौ ११, २०७९
यस्तो छ एमालेको उम्मेदवार बन्ने मापदण्ड

काठमाडौं — नेकपा एमालेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड पारित गरेको छ। सचिवालय हुँदै स्थायी कमिटी र पोलिटब्यूरोमार्फत् अनुमोदन भएको मापदण्ड केन्द्रीय कमिटी बैठकले पारित गरेको हो।

बैठकले आगामी निर्वाचनका लागि तय गरिएका मापदण्ड पारित गरेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यस्ता छन् मापदण्ड
पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता
लोकप्रियता र विजयको सुनिश्चितता
आन्दोलनमा योग्दान र पार्टीप्रतिको निष्ठा
सन्तुलन र समावेशिता
निर्वाचन कानुनबमोजिमको योग्यता

चर्चामा

सम्बन्धित समाचार