सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथ गाउँपालिकाका वडामै सामाजिक सुरक्षा भत्ता बितरण

जगन्नाथ गाउँपालिकाका वडामै सामाजिक सुरक्षा भत्ता बितरण

  • बिहिबार, भदौ ९, २०७९
जगन्नाथ गाउँपालिकाका वडामै सामाजिक सुरक्षा भत्ता बितरण

बाजुरा — बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ५ लगायतका वडाहरुमा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । गाउँमा रहेका बृद्ध बृद्धा, अपाङ्गहरुलाई गाउमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो ।

गाउँपालिकामा रहेको हिमालयन बैकंसम्म पुग्न नसक्ने नागरिकहरुलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको वडा न ५ का वडा अध्यक्ष गौरी शार्कीले बताएका छन ।
हिडेर बैकसम्म जान नसक्नेहरुका लागि वडामै र घरमै गएर सामाजिक सुरक्षा भत्ता बिरण गर्दा त्यहाका नागरिक खुसी भएका छन । हिडेर जान नसकिने अबस्थामा वडा अध्यक्ष शार्की आफै गाउँमा गएर सामाजिक सुरक्षा बितरण गरेकोमा वडाबासीले धन्यबाद समेत ब्यक्त गरेका छन ।
वडाबासीहरुले थोरै रकमका लागि असक्त असाय र बृद्धबृद्धाहरु हिड्न कठिनाई हुने भएकोले गाउँमै सो रकम बितरण गरेको वडा अध्यक्ष सार्कीले बताएका छन । गाउँमै पुगेर सामाजिक सुरक्षा बितरण गर्दा त्यहाका नागरिकले स्थानिय सरकारको प्रत्याभुती समेत गरेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार