शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • नेता बनाउन मतपत्र अवश्य पुग्ने छन, विद्यार्थीहरुको भविष्य बनाउने किताब छैनन

नेता बनाउन मतपत्र अवश्य पुग्ने छन, विद्यार्थीहरुको भविष्य बनाउने किताब छैनन

  • बुधबार, भदौ ८, २०७९
नेता बनाउन मतपत्र अवश्य पुग्ने छन, विद्यार्थीहरुको भविष्य बनाउने किताब छैनन

शैक्षिक वर्ष सकिन लाग्दा पनि विद्यार्थीले प्रयाप्त मात्रामा पढ्ने किताब नपाइने बाजुरा जिल्लामा चुनावको वेला १५ दिन भित्र मत पत्र भित्रिन्छन् पार्टीका पर्चा,पम्पलेट लगायतका पार्टी लाई आवश्यक पर्ने सामग्रीहरू पुग्छन्।

तर त्यहाँका गरीब किसान परिवारका छोराछोरीले पढ्ने किताब र लेख्ने कापी पाउँदैनन्।त्यस मध्यको म पनि एक भोगेको पात्र हु। मैले २०७३ सालमा कक्षा १० सम्मको औपचारिक अध्ययन बाजुरा जिल्लाको सरकारी विद्यालय सिँगाडा मा.वि बाट गरेको थिए। SEE को तयारीको लागि त्यो ठाउँमा पढाउने शिक्षक छैन भनेर धेरै साथीहरु कोचिङ क्लास पढ्न कैलाली जिल्ला तिर गएका थिए र मैले त्यही विद्यालयमा पढेको हुनाले यो विषयमा मलाई अलि बढी जानकारी छ।

त्यस समयमा एक शैक्षिक वर्षमा ४/५ किताब मात्र मिल्ने गर्थे।बाँकी किताबहरू अघिल्लो वर्षको विद्यार्थीहरू बाट मागेर वा पुरानो किताब कतै बाट खोजेर पढ्नु पर्ने अवस्था थियो।एकदमै दुःखका साथ भन्नु पर्छ, अहिले ६/७ वर्षको लामो समय बिती सक्दा पनि त्यहाँको अवस्था जस्ताको त्यस्तै छ।कैयौँ नेतृत्वहरु परिवर्तन भए तर हाम्रो देशका भविष्यका कर्णदारहरुको शैक्षिक अवस्थामा अझै परिवर्तन भएनन्।

बाजुरा जिल्लाको हिसाबले मेरो अलि सुगम क्षेत्रतिर बसोबास भएकोले र अलि त्यहाँ सडकको पहुंच हुनाले जेठ/असार महिना तिर ७/८ मध्य जम्मा ४/५ मात्र किताबहरू पाउँथे तर जिल्लाको माथिल्लो (हिमाली भेग) तिर जहाँ एक शैक्षिक वर्षमा ५/६महिना मात्र विद्यालयहरू सञ्चालन हुने गर्दछन्।किनकि त्यहाँको बाह्य वातावरणको प्रभावले विद्यालयहरु सञ्चालन हुन सारै कठिन पनि हुने गर्दछन्।

हिमाली क्षेत्रमा सडक, यातायातको सुविधा पनि नभएकोले त्यहाँका विद्यार्थीले पाउनु पर्ने शैक्षिक सामग्रीहरू समयानुकूल पाउन सकेको हुँदैनन्।यस विषयमा त्यहाँका कुनै पनि नेतृत्वकर्ताहरुले खासै ध्यान दिएको अवस्था देखिदैन। “अब चुनावमा घोषणा पत्र होइन,विद्यार्थीहरू लाई किताब लिएर जाऊ”।त्यहाँका गरीब जनताका छोराछोरीहरुलाई तपाईंहरूका ती झुटा आश्वासनको होइन,पढ्ने किताब र लेख्ने कपीहरुको खाँचो छ।
पूर्ण राज जैशी
बुढीगंगा १०बाजुरा
सिँगाडा
अनेरास्वबियु कैलाली बहुमुखी क्याम्पस कमिटी
सचिव

चर्चामा

सम्बन्धित समाचार