• होमपेज
  • समाचार
  • बझाङमा अज्ञात समूहद्वारा बन्दको अवज्ञा गर्दा गाडी तोडफोड

बझाङमा अज्ञात समूहद्वारा बन्दको अवज्ञा गर्दा गाडी तोडफोड

  • मङ्लबार, भदौ ७, २०७९
बझाङमा अज्ञात समूहद्वारा बन्दको अवज्ञा गर्दा गाडी तोडफोड

अर्थ जङ्ग शाही/बझाङ — नेपाल कम्युनिष्ट पार्टीसहित संयुक्त सर्घष समितिले आह्वान गरेको बन्दको बझाङमा प्रभाव परेको छ ।

बन्द अवज्ञा गरेको भन्दै अज्ञात समूहद्वारा बझाङको सदरमुकाम चैनपुरमा गाडी तोडफोड गरेका हुन्। जुन गाडी प्रहरीको स्कटिङ गरेर सदरमुकाम चैनपुर आउँदै थियो। बन्दको समयमा गाडी कुदाएको भन्दै प्रदर्शनकारीले महाकाली यातायातको म.१.ख ९१९ नम्बरको गाडी तोडफोड गरेका छन्। तोडफोडमा गाडीको अगाडिको भागको सिसा र बाँकी अरु गाडीको झ्यालको सिसा फुटेका छन्।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।

हिजो राती सदरमुकाम चैनपुरमा बन्दकर्ताले राके जुलुस गर्दा खेरी प्रहरी ४ जना र बन्दकर्ता ३ जना धाइते भएको बिप्लब निकट अखिल क्रान्तिकारीका बझाङ,बाजुरा इन्चार्ज कमल थापाले सामाजिक सञ्जालमा दर्शाएका थिए।

चर्चामा

सम्बन्धित समाचार