शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • नेपाली नागरिकता

नेपाली नागरिकता

  • सोमवार, भदौ ६, २०७९
नेपाली नागरिकता

जनक बि सि

कति खुकुलो नेपाली नागरिकता
विदेशी छाेरिलाई सिरमा सिन्धुर लगाएर हातैमा नागरिकता ।।

कति दलालि मानसिकता नेपाल आमाको छाेरा
विदेशीलाई अधिकार सम्पन्न गर्न कति बने घाेडा ।

सरकारमा बस्नेहरुले ७ श्रावण २0७९मा रास्ट्रघाति विधेयक पारित गरे ,
रास्ट्रघाति विधेयक विरुद्ध देश विदेशमा संघर्षहरु चले।

रास्ट्रघाति नागरिक विधेयक विरुद्ध आन्दोलनले सितल निवासमा बिचाराधिन बन्याे।
सितल निवासले बिचाराधिन नागरिक विधेयकलाई फिर्ता गरि दियो ।

फिर्ता भएको नागरिक विधेयकले दलाल छाेराहरुलाई खैलाबैला पार्‍यो ।
सिक्किमका लेन्डुप दाेर्जे भन्दा तेस्रो श्रेणिका मानसिक राेगि छाेरालाई फास्ट ट्रयाकबाट चक्करमा घुमायाे ।

नागरिक विधेयक भारतीय साम्राज्यवादकाे देश कब्जा गर्ने रणनीति बिचार हाे ,
आफ्नो आमालाई बिक्री गर्ने याे देशका नालायक छाेराकाे के यस्तो धाेका हाे ।

याे देशलाई सिक्किमि करण र फिजिकरण गर्ने साम्राज्यवादि दलालहरुकाे विरुद्ध उठाै ,
देश त सम्झौताले हाेईन देशभक्त आन्दोलनले बचाउँछ आन्दोलनकाे आँधी बेहरी तुफानि दिशामा जुटाै ।

चर्चामा

सम्बन्धित समाचार