शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दिल्लीका मन्त्री जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न अस्वीकार

दिल्लीका मन्त्री जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न अस्वीकार

  • सोमवार, भदौ ६, २०७९
दिल्लीका मन्त्री जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न अस्वीकार

काठमाडौं — दिल्ली हाइकोर्टले केजरीवाल सरकारका मन्त्री सत्येन्द्र जैनलाई मानसिक रुपमा अस्वस्थ घोषणा गर्न माग गर्दै परेको रिट खारेज गरेको छ ।

यससँगै अदालतले जैनलाई सांसद र मन्त्रीका लागि अयोग्य घोषणा गर्न पनि अस्वीकार गरेको छ ।

मनि लाउण्ड्रिङको मुद्दाका कारण जैन हाल जेलमा छन् । कोरोना संक्रमण भएको बेला स्मरणशक्ति गुमेको बताएको भन्दै जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न माग गर्दै आशीषकुमार श्रीवास्तवले मुद्दा हालेका थिए ।

हाईकोर्टका मुख्य न्यायाधीश जस्टिस शतीशचन्द्र शर्मा र जस्टिस सुब्रमण्यम प्रसादको संयुक्त इजलासले भनेको छ, ‘संविधानको अनुच्छेद २२६ को प्रयोग गरेर न जैनलाई मानसिक रुपमा अस्वस्थ्य घोषणा गर्न सकिन्छ, न सांसद र मन्त्रीका लागि अयोग्य घोषणा गर्न ।’

जैनलाई मन्त्री कायम राख्ने वा हटाउने अधिकार मुख्यमन्त्रीलाई भएको समेत अदालतले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार