• होमपेज
  • विचार/ब्लग
  • कतिपय पत्रिकाले आकास तर्फ थुक्दैछन!

कतिपय पत्रिकाले आकास तर्फ थुक्दैछन!

  • शुक्रबार, भदौ ३, २०७९
कतिपय पत्रिकाले आकास तर्फ थुक्दैछन!

सुरेशकुमार पान्डे — अहिले चित्र बहादुर लगायत पांचदलका सिर्ष पाँच जना नेताहरूलाई राखेर समाचार बनाइएकोछ।
राष्ट्रपति ज्युले १५तारिख बाट प्रमाणिकर्णका लागी दुबै सदन देखुन पारित गरी पठाएको राष्ट्रघाती नागरिकता बिधेयकलाई जस्ताको तस्तै पांचदलले पठाउँने निर्णय गरेकाछन’भन्ने बारे समाचार छ।
के यो समाचार सांचो हो त?
यसबारेमा सबैले जान्न जरूरीछ।कुनै मिडियाले कसैलाई आरोप लगाउँदा बित्तिकै त्यो सहि हुंदैन तर कयौं मित्रहरूले त्यो समाचार शेर गरेर क.चित्रबहादुर केसी लगायत राजमो वा नेकपा मसाललाई बद्नाम गर्ने प्रयास भने भएकोछ।
यसबारेमा राजमो वा पार्टीले आ आफ्नो ठाउमा खण्डन मन्डन गर्नेनै छन,त्यसबारे हामिले केही भन्नु उचित नहोला।
अहिले केही मिडियाहरूले बुझेको पांच दलको सरकार छ यिनि दलहरू सबैले त्यो नागरिकता बिधेयक पुनःफिर्ता गर्नेछन भनेर मनगढ्न्ते समाचार तैयार पारेका हुंन वा जानेर राजमो लाई जबर्जस्ति सरकारमा सामिल गरेर बद्नाम गर्न खोजेका हुंन त्यसबारेमा हामिले पनि आ आफ्नो राय बिचारलाई पस्किन अशान्द्रभिक नहोला।
पहिलो प्रथम त राजमो सरकार भित्र नै छैन र सरकारलाई बाहिर बाट समर्थन गरेकोछ।सरकारमा नगएर बाहिर बाट समर्थन गर्नुको कारण केहो भने धर्म निरपक्षियता र गणतन्त्रको पक्षमा प्रतिगमनको बिरूद्धमा उठेका आवाजलाई राजमोको समर्थन रहनेछ र सरकारलाई गुण वा वैगुणको आधारमा समर्थन र बिरोध गर्ने छुट छ।
नेकपा मसालले नेपाली कांग्रेसलाई दुश्मन शक्तिको रूपमा मान्दै आएकोछ।यो सरकार माओवादी केन्द्र,मधेशबादीको घटक,एमाले बाट फुटेका र कांग्रेसहरूको गठबन्धन सरकारहो जसलाई राजमोले दोश र गुणको आधारमा आलोचना र समर्थन गर्ने आफ्नो तत्तकालिन कार्यनीति शंघर्ष एकता र शंघर्षको लेनिनबादी नीति अन्तरगतको ब्यबहार अप्नाएकोछ।
यो कुरा आम मान्छेले बुझ्न कठिन हुन्छ र पत्रकारले समाचार बनाउँदापनि त्यो नबुझेर बनाएका होलान वा बुझेर बनाएको हो भने उनिहरूले राजमो समेतलाई मुछेर बद्नाम गर्न खोजेको जगजाहेरछ।
यो भन्दा पहिलेपनि चित्रबहादुर केसीको निदारमा रूखको छाप बनाएर मिडियामा राखेकाथिए।एम सीसीलाई पारित गर्दा पनि राजमो लाई मुछेर कयौं लेख समाचारहरू प्रकासित भएकाथिए।
राजमोले एम सीसी लाई जोडदार बिरोध गरेको थियो त्यसबारे जनताहरूको बिचमा सडक आन्दोलन र जनप्रतिनिधिको बिचमा सदन आन्दोलन भएको सबैको माझमा छ।
अहिले नागरिकताको बिरोधमा पनि सडक र सदन दुबै तिर राजमोले बिरोध गरेकोछ र अहिले राष्ट्रपति को कदमको स्वागत र समर्थन गरेको कुरा कसैबाट लुकेकोछैन।
पत्रकारले लेख्दा जस्ताको तेस्तै किन लेख्न सकिनन?कम्तिमा बिरोध गरेका बिषय बस्तुपनि दुई लाईन भयापनि राखेको भय उन्ले पत्रकारको हैसियत राख्ने थिए।
अहिले राजमोको लाईन धेरैलाई अपच भएकोछ त्यसैले कसैले कच्करो समाचार पस्किन्छन र त्यसैमा चडेर कतिपयले सिखर ताकेका हुन्छन।राजमो एउटा स्वतन्त्र पार्टीहो पार्टीले कुनैवेलापनि आफ्नो कार्यनीतिलाई फेरबदल गर्न सक्छ।अहिले देशको अबस्था अनुसार उस्ले अप्नाएको कार्यनीतिले उस्को रणनीतिलाई टेवा दिएकोछ भन्ने ठानेर आफ्नो लागि बनाएको नीतिमा आर्को किन जलेकोछ?राष्ट्रियता गणतन्त्र र सम्बिधानको रक्षा गर्नको लागी राजमोको नीति ठिक छ भन्ने राजमोलाई लागेकोछ।
कसैले पनि आ आफ्नो पार्टीको लाइन लिएर जनतामा जान कसैले कसैलाई रोकेकोछैन तर यसरी कसैको चरित्र हत्या गर्ने काम भने राम्रो होइन्।
नेकपा मसालले लामू समय सम्म सम्बिधान सभाको लागी शंघर्ष गरेको कुरा कसैबाट लुकेकोछैन।जुनपार्टीले सम्बिधान सभाको लागी लड्यो त्यो पार्टीले सम्बिधान बाट प्राप्त भएका जनाधिकारको रक्षा गर्ने पनि कर्तव्य हुन्छ।अहिले राजमो पनि त्यही दिशा तिर लक्षित छ।हिंजो केपी ओलि द्वारा जुन प्रकारले असम्बैधानिक तवर बाट गणतन्त्र र धर्म निरपक्षियतामा हमला भयो त्यो अबस्थामा गणतान्त्रिक शक्तिहरूको सहयोगमा समर्थन गर्दै आएकोछ।तर यस्को अर्थ यो पनि होइन कि सरकारले गरेका सबै राष्ट्रघाती काम कार्वाहीमा राजमोको सहयोग र समर्थन छ।जुन पार्टिले सरकारमा सामिल भयन जस्ले सदन र सडकमा पनि शंघर्ष गर्दै आएकोछ त्यो पार्टीलाई मुछेर समाचार लेख्दा ति पित पत्रकारहरूलाई कस्तो खालको सकुन मिलेकोछ त्यो प्रश्न कसैले त्यो पत्रिका सँग राख्यो?के उनिहरूको निर्णयलाई प्रेसनोटको रूपमा वा बक्तब्यको रूपमा हश्तक्षर सहितको प्रमाण पत्रिकाले उपलब्द गराउँन सक्छ।
यदी सांच्चै उनिहरूले जस्तै राजमोले पनि जस्ताको तस्तै नागरिकता बिधेयकलाई पठाउँछ भने निश्चितरूपमा सबै भन्दा दोशी राजमो छ।तर जुन पत्रकारले मन गढन्ते समाचार बनाएर जनतालाई भ्रमित गर्न खोजेकाछन त्यो पत्रकारले आफ्नो गलतिलाई सच्चाएर पुनः समाचार प्रेसित गरोस्।
अहिले हाम्रो लडाई देश र जनताको हितमा बोलेका शक्तिहरूलाई सहयोग गर्नेहुनुपर्छ नाकी जस्ले देशको लागी सम्झौताहिन शंघर्ष गर्दै आएकोछ त्यसको खुट्टा तान्ने र बद्नाम गर्ने।
अहिले एक एक पाइला खुबै सोंचेर चाल्नुपर्ने अबस्थाछ देशको सार्वभौमिक्ता खतरामा छ भने जनताले लामू समय देखी लडेर बलिदान दिएर ल्यायको सम्बिधानको रक्षाको सवालपनि उस्तैछ।यि दुबै खाले खतराको बिरोधमा जनताले शंघर्ष गर्नैपर्ने बाध्यता छ।तर अहिले आफ्नो रिस उतार्ने,बद्ला लिने र कुण्ठा पोख्ने कसैलाई यही आधार बनेकोछ।उनिहरूलाई देश र जनताको भन्दा पनि ब्याक्तिगत स्वार्थले यो बाटो छोप्न बाध्य गराएकोछ।
पत्रकार मोहदय यसरी आकास तर्फ थुक्दा थुक आफ्नै मुखमा पर्छ भन्ने पनि सोंच बिचार पुराइयोस्।

चर्चामा

सम्बन्धित समाचार