शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ६ का २७ बर्षिया अमर बडुवालको आर्थिक अभावका कारण अपरेशन राेकियाे

बडिमालिका ६ का २७ बर्षिया अमर बडुवालको आर्थिक अभावका कारण अपरेशन राेकियाे

  • सोमवार, साउन ३०, २०७९
बडिमालिका ६ का  २७ बर्षिया अमर बडुवालको आर्थिक अभावका कारण अपरेशन राेकियाे

बाजुरा —बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ६ का २७ वर्षीया अमर बडुवालको उपचारमा समस्या भएको छ । भीरबाट लडेर गम्भीर घाइते भएका बडुवालको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । बडुवाल नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजमा आर्थिक श्रोतको जोहो गर्न नसकेर अस्पतालको शैयामा छटपटिरहेका छन ।

बडिमालिका नगरपालिका वडा नम्बर ६ का २७ वर्षीया अमर बडुवाल साउन २६ गते घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए । बडुवालको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा ल्याएको थियो ,उनको उपचार जिल्ला अस्पताल बाजुरामा सम्भव नभए पछि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेर नेपालगञ्ज लगिएको उनका आफन्त दिपक बडुवालले बताए ।

उनको मेरुदण्ड भाँचिएको र शरिरमा अन्य भित्रि चोट लागेका कारण उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिर्फर गरिएको आफन्त दिपकले बताए । अहिले बडुवाल नेपालगञ्ज मेडिकल कलेजमा अपरेशन गर्ने पैशा नपाएर छटपटिरहेका छन । उनले सहयोगका लागि अपिल गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार