आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • राष्ट्रपतीलाई प्रचण्डको शुझाव कि धम्की?

राष्ट्रपतीलाई प्रचण्डको शुझाव कि धम्की?

  • सोमवार, साउन ३०, २०७९
राष्ट्रपतीलाई प्रचण्डको शुझाव कि धम्की?

सुरेशकुमार पान्डे — सम्मानिय राष्ट्रपति बिध्यादेवी भण्डारीले नागरिकता बिधायकलाई रोकेपछि जापान पुगेका पुर्वप्रधान मन्त्री प्रचण्डले “यदी राष्ट्रपतिले नागरिकता बिधेयक पास नगरे राम्रो हुंदैन”भनेर भनेकाछन।उन्ले दुबै सदनबाट पारित भएको बधेयकलाई राष्टपतिले फिर्ता गर्ने कुराको बिस्वास मान्दैन र त्यो बिधेयकले मधेशी समुदायको पुरानो मागलाई न्याय दिएका जस्ता बिचार ब्याक्त गरेकाछन।
उन्ले देशमा फर्केपछि पनि उक्त बिधेयकलाई राष्ट्रपतिले रोक्न नमिल्ने यदी त्यो फिर्ता आएपछि पनि सदनबाट फेरी पारित गराएर पठाउँन सक्किन्छ र एउटा बिधेयकलाई राष्ट्रपतिले एकैपल्ट रोक्न सक्ने बताएकाछन।यसरी उन्ले सम्मानिय राष्ट्रपति बिध्यादेवी भण्डारीलाई धम्कि भरिएको शब्द प्रयोग गरेकाछन।कतिपय उनैका चेलाहरूले ओलिको जेपनी पारित गर्ने र प्रचण्डको जेपनि खारेज गर्ने जस्ता बिचारपनि मुहार पुस्तिकामा राखेको भेट्टियो।
उन्ले यो बिधेयकलाई पारित गराउँन यतिधेरै जोड किन लगाएकाछन?जब कि यस्तो बिधेयक पहिलेका राजाले समेत रोकेका थिए।त्यो मात्रैहोइन देशका जनताले यो बिधेयकको ब्यापक बिरोध गरेकाछन।
देशलाई यो बिधेयकले फाइदा होइन कयौं गुणा नोक्सानपनि छ तर पनि प्रचण्ड र देउपाले यो राष्टघाती नागरिकता बिधेयकलाई लागु गर्न न्वरान सम्मको जोड किन लगाउनु परेकोछ?यही अहिले जनताको जिज्ञासा हो।
भारतको दलाली गरेर आफ्नो सत्ता टिकाउँने प्रयासमा यिनिहरूछन जो अहिलेको सबैभन्दा राष्ट्रिय बिड्मबनाहो।अहिले सम्म खास गरि बहुदलिय ब्यबस्था आएपछि यिनै बिदेशीका दलालहरूले गर्दा छिमेकीको चलखेल बढ्दै आएको छ।
जनमको आधारमा नागरिकता लिएका तमाम भारतियहरूको आश्रितहरूलाई बंशजको आधारमा नागरिकता दिलाएर यो देशलाई फिजि मात्र होइन फिजिको बाटोमा सिक्किम पुराउँने बलियो आधार पार्न यिनिहरू लागिपरेकाछन।बिदेशीको दलालि गरेर उनिहरू सत्तामा रहिरन चाहान्छन।
अहिले हाम्रो देशमा यतिवेला मुख्य दुइवटा शक्तिहरूको चलखेलछ। एउटा प्रतिगामी शक्ति आर्को बिस्तारबादी शक्ति यी दुबै शक्तिको बिचमा राष्ट्रियता र गणतन्त्रको रक्षागर्दै जानेजस्तो अपठ्यारो बाटो अहिलेका देशभक्तहरूको क्रतब्य बनेकोछ।
अहिले मुख्य दुश्मन कुन हो भनेर किटान गर्नुपर्दा सबैभन्दा पहिले गणतन्त्र र धर्मनिरपक्षको रक्षा गरेर बिदेशी हस्तक्षपको बिरोध गर्दै जानुपर्ने आबस्याकताछ।
ओलिले प्रतिगमनको अभ्यास गर्दा छिमेकीहरू र कथित हिन्दुवादीहरूको साथ थियो।हिंन्दु धर्मको पुन्रजिवित गर्नको लागि विस्व हिंदुपरिषद र भारतको आर ए एस को उन्लाई सहोग हुन स्कछ ।जब रअ प्रमुख नेपालको भ्रमण गरे ओलिले सबै काम छाडेर पुषको पांचगते संसद र सरकार बिघटन गरे।
त्यो वेला देशको शक्तिशाली दुई तिहाइको सरखार थियो।थुप्रै जल्दा बल्दा समस्याहरू त्यो वेला हल गर्न सकिन्थ्यो तर उन्ले संसद भंगगरेर आफ्नो तानासाही सरकारको समय लम्बाउने सक्यासम्म प्रयास गरेकाथिए।
त्यो ओलिको प्रतिगामी शड्यन्त्रलाई नरोकेको भए अबस्था भयभाव हुनेथियो।अहिले जो गठबन्धन सरखारले राष्ट्रघाती काम गर्दै आएकोछ त्यसको सुरूवात गरेका श्रिमान ओलिले नै हो।
त्यो वेला मैले थुप्रै पटक यसवारेमा लेख लेख्दै आएको थिए “यिनिहरूले न त एम सीसी को बिरोध गरेका छन न नागरिकता बिधेयको बरू एम सीसीको ‘जस’ कस्ले लिने त्यसबारे मात्र खिचातानी भएकोछ”न भन्दै उनिहरूले त्यो प्रमाणित गरेर देखाए।
अहिलेको अबस्थामा दोग्लो राजनीतिको भेल भएकोछ हरेकले दुई जिब्रे कुरा गर्छन हरेकले दोग्लो ब्यबहार गर्छन आखिर यस्तो किन छलकपट गर्दै आएकाछन?त्यो एकदम प्रष्टछ देशको राजनीतिको लगाम बिदेशीहरूको हातमा छ।
अहिले त्यो राष्ट्रघाती नागरिकता बिधेयकलाई सम्मानिय राष्ट्रपतिले प्रमाणिक गर्न रोकेपछि गठबन्धन भित्रका कांग्रेस र एमाओवादी जस्ता ठुलादलहरूको सातो गयकोछ।उनिहरूले यस्लाई पारित गराइनहुने छ किन कि छिमेकलाई रिझाएर मात्र यिनीहरूको अलिवर्ष सत्ता टिकाउँन सक्किन्छ भन्ने यिनिहरूलाई लागेकोछ।यि रातो खाष्टोमा आफ्नु असलि अनुहार ढाकेकाहरूको पनि दोग्लो ब्यबहारले देशका जनता आहाल भएकाछन।
गत एमसीसीलाई पारित गरेपछि एस पीपी आयो र त्यो हामिले फिर्ता पठायौं भनेर यिनिहरूले जनतामा आर्को झुठ बोलेकाछन निर्वाचनपछि पहिलो मुद्धा त्यही हुनेछ।
किन की२०१५/२०१७/मा नेपाल बाट माग रिएको त्यो एस पीपीलाई २०१९मा अमेरिकी साम्राज्यवादको एमसीसी बोर्डले पारित गरेको बिगतमा खुलेको थियो।अहिले मङ्गसिरमा हुने चुनावलाई ध्यानमा राखेर उनिहरूले एसपीपी न्यूटलमा राखेका हुनसक्छन।यदि उनिहरूले त्यो फिर्ता गरेको भए त्यसबारे लेखेको पत्र पनि संसदमा सार्वजनिक गर्नुपर्थ्यो।तर त्यसमा पनि ठुलो शड्यन्त्र हुनसक्छ।
प्रचण्डले आफु मूलधारमा आएर सरकारमा प्रमुख वा पुर्व प्रधान मन्त्री खाएको मान्छेमा पनि पुरानै वार्गेनिङ्ग गर्ने धम्किदिने जुन गैर जिम्मेदारी ब्यबहारमा सुधार हुनुको सट्टा झनै बृद्धी भएकोछ।
अहिले यो लेख्दा लेख्दै राष्टपति सम्मानिय विध्यादेवी भण्डारीले नागरिकता बिधेयक फिर्ता पठाउँनु भएकोछ।यो राष्ट्रपतिको ऐतिहाशीक निर्णय मान्नुपर्छ।अहिले देशैभरी उहांको यो कदमलाई स्वागत गरिएकोछ।

चर्चामा

सम्बन्धित समाचार