शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इजिप्टमा चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

इजिप्टमा चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

  • सोमवार, साउन ३०, २०७९
इजिप्टमा चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु

इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण खुलेको छैन् ।

आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् ।

आगो नियन्त्रणमा लिइएको अग्नि सेवाले जनाएका छन् । कोप्ट्स मध्यपूर्वमा सबै भन्दा ठूलो इसाई समुदाय हो । इजिप्टको १०३ मिलियनमध्ये १० मिलियन मान्छे यो समुदायअन्तर्गत पर्छन् ।

चर्चामा

सम्बन्धित समाचार