• होमपेज
  • समाज
  • सुदुरपश्चिमका पहाडी ६ जिल्लाकाे खाद्यान्न बचत शून्य

सुदुरपश्चिमका पहाडी ६ जिल्लाकाे खाद्यान्न बचत शून्य

  • शनिबार, साउन २८, २०७९
सुदुरपश्चिमका पहाडी ६ जिल्लाकाे खाद्यान्न बचत शून्य

बाजुरा — सुदूरपश्चिमको पहाडी जिल्ला डोटीबाहेक यस वर्ष  बाजुरा लगायत ६ जिल्लाको खाद्यान्न बचत शून्य देखिएको छ। पहाडी जिल्ला डोटीमा यो वर्ष झण्डै २ सय मेट्रिक टन खाद्यान्न बचत भएको छ। विगतका वर्षमा डाेटी  जिल्लामा समेत खाद्यन्न बचत शून्य हुँदै आएको हो।

७ पहाडी जिल्ला बाजुरा, बझाङ्, अछाम, डाेटी, डडेलधुरा, बैतडी र दार्चुलाको खाद्यान्न मागलाई तराईका कैलाली र कञ्चनपुरले आपूर्ति गर्दै आएकोमा यस वर्ष यी दुवै जिल्लाको खाद्यान्न बचत आधाले घटेको प्रदेशको खाद्य वासलातकाे तथ्याङ्कले देखाएको छ। सुदूरपश्चिम प्रदेशको ठुलो क्षेत्रफल कृषियोग्य भूमि बाँझै रहन गएको समेत निर्देशनालयले जनाएको छ। मल, सिँचाई लगायतका कारण उत्पादनमा समेत हरेक वर्ष कमी आइरहेको निर्देशनालयले जनाएको छ।

खाद्यान्न बचतको हिसाबमा पहाडी जिल्लाको अवस्था शून्यमा छ। सिँचाई र मल अभावमा पहाडी जिल्लामा खाद्यान्न उत्पादन वर्षेनी घट्दै गएको तथ्यांक छ। यो वर्ष प्रदेशको खाद्यान्न बचत आधाले घटेको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दीपायलका योजना अधिकृत टेकेन्द्रसिंह ऐरले बताए।

‘अन्नको भण्डार मानिने कैलाली र कञ्चनपुरमै यस वर्ष खाद्यान्न बचत आधाले घटेको छ’ उनले भने, ‘गत वर्ष झण्डै एक लाख मेट्रिक टन खाद्यान्न बचत भएकोमा यस वर्ष ४९ हजार मेट्रिक टन मात्र रहेको छ।’ खाद्य वासलातमा कैलाली कञ्चनपुरको खाद्यान्न बचत आधाले घट्नु चिन्ताको विषय भएको सरोकारवाला बताउँछन्। खाद्यान्न उत्पादन नबढ्नुमा संघ, प्रदेश र स्थानीय तहको कृषिप्रतिको बेवास्ता र चासाे नरहेको स्थानियकाे भनाइ रहेकाे छ।

चर्चामा

सम्बन्धित समाचार