• होमपेज
  • समाज
  • बझाङको सदरमुकाम चैनपुरमा अदालतकै अगाडि एक पसलमा चोरी:नगद सहित रिचार्ज गायब

बझाङको सदरमुकाम चैनपुरमा अदालतकै अगाडि एक पसलमा चोरी:नगद सहित रिचार्ज गायब

  • शनिबार, साउन २८, २०७९
बझाङको सदरमुकाम चैनपुरमा अदालतकै अगाडि एक पसलमा चोरी:नगद सहित रिचार्ज गायब

अर्थ जङ शाही/बझाङ — बझाङमा अदालत नजिकै करिब दुई सय मिटरको दुरीमा रहेको एक किराना पसलमा चोरी भएको छ। प्रहरीको लापरवाहीका कारण पसलहरुमा चोरी भएको व्यवसायीहरुले आरोप लगाएका छन्।

जिल्ला सदरमुकामको मुख्य बजार जयपृथ्वी नगरपालिका -१० चैन्पुर बजारमा शुक्रबार राति किरण किराना पसलमा चोरी भएको छ। जिल्ला अदालत अगाडि रहेको यस किराना पसलमा चाेरी हुदा नगद ५० हजार बढी र रिचार्ज गरि झण्डै १ लाखको हाराहारीमा चाेरी भएको साउजी डम्बर बहादुर सिँहले बताए ।

प्रहरीकै आँगनमा रातको समयमा चोरी हुनु गम्भीर भएको र जिम्मेवारीमा लापरवाही देखिएको अर्का एक ब्यवसायी जनक धामीले बडिमालिका खबरलाई बताएका छन्। चाेरले सरियाकाे रडले ताल्चा फुटाएकाे पाईन्छ। पैशा राख्ने गल्लाकाे पनि ताल्चा त्यै सरियाको रडले फुटाएको पाईन्छ ।

चर्चामा

सम्बन्धित समाचार