• होमपेज
  • समाचार
  • विभिन्न स्थानमा डुबेर ३ जनाको मृत्यु

विभिन्न स्थानमा डुबेर ३ जनाको मृत्यु

  • शुक्रबार, साउन २७, २०७९
विभिन्न स्थानमा डुबेर ३ जनाको मृत्यु

सप्तरी, पाल्पा र ताप्लेजुङमा डुबेर तीन जनाको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका–८ काचनस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ६ वर्षीय नन्दनी कुमारी दासको बिहीबार मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको शत्रुधन अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ साउनेस्थित डमराई पोखरीमा डुबेर सोही ठाउँ मामाघर आएका गुल्मी छत्रकोट गाउँपालिका–३ चोयघा घर भएका १४ वर्षीय मनोज रेग्मीको बिहीबार मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका–४ डुम्रिसेस्थित सिवानी हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय रोशन तामाङको बिहीबार दिउँसो मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार