मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • साहस नेपालद्धारा लक्षित समुहका बालबालिकालाई शैक्षिक साम्रगी बितरण

साहस नेपालद्धारा लक्षित समुहका बालबालिकालाई शैक्षिक साम्रगी बितरण

  • बिहिबार, साउन २६, २०७९
साहस नेपालद्धारा लक्षित समुहका बालबालिकालाई शैक्षिक साम्रगी बितरण

बाजुरा — साहस नेपाल बाजुराले बडिमालिका नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत लक्षित समुहका १८ जना बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण गरेको छ । सहयोगी हातहरुको समुह सासहस नेपालले बडिमालिका नगरपालिका वडा न ७ को लक्ष्मी मावि जिल्ली र वडा न ८ को बालमन्दिर आधारभुत बिद्यालयका गरि १८ जना बालबालिकालाई शैक्षिक साम्रगी बितरण गरेको हो ।

बडिमालिका नगरपालिकाको हलमा एक कार्यक्रमका बिच शैक्षिक साम्रगी बितरण गरेको साहस नेपालका परियोजना संयोजक राम बहादुर खत्रीले बताएका छन ।
शैक्षिक साम्रगीहरुमा प्रति बिद्यार्थी २ ओटा बिद्यालय झोला, २ जोडी स्कुल पोशाक, प्रति बिद्यार्थी २५ ओटा कापी २५ ओटै डट्पेन र एक जोडी जुत्ता लगायतका साम्रगीहरु बितरण गरेको परियोजना संयोजक खत्रीले बताएका छन ।

बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा अतिथिको रुपमा बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा बडिमालिका नगरपालिका वडा न ७ वडा अध्यक्षता तथा नगर प्रबक्ता धर्मराज पाध्याय र बडिमालिका ८ का वडा वडाअध्यक्ष चन्द्र थापाको सहभागीता रहेको थियो ।

परियोजना संगोजक राम बहादुर खत्रीले संचालन गरेको कार्यक्रममा नगर प्रमुख उप प्रमुख र वडाअध्यक्षहरुद्धारा शैक्षिक साम्रगी बितरण गरिएको परियोजना संयोजक खत्रीले बताए ।

चर्चामा

सम्बन्धित समाचार