शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको कोल्टी बिमानस्थलको नाफा १२ लाख ३५ हजार

बाजुराको कोल्टी बिमानस्थलको नाफा १२ लाख ३५ हजार

  • बिहिबार, साउन २६, २०७९
बाजुराको कोल्टी बिमानस्थलको नाफा १२ लाख ३५ हजार

बाजुरा — ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधारमध्ये बाजुराको कोल्टी बिमानस्थलको कुल नाफा १२ लाख ३५ हजार रहेको पाईएको छ । नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका भए पनि बाजुराको कोल्टी बिमान स्थल भने घाटामा नगएको पाईएको छ । छिमेकी जिल्ला अछामकाे साफेँबगरमा रहेकाे साफेँबगर बिमानस्थल ५१ हजार घाटामा चलेकाे नानागरिक उड्डयन प्राधिकरणकाे तथ्याकंमा उल्लेख गरिएकाे छ । त्यसै गरी बझाङ बिमान स्थल पनि एक लाख ४५ हजार घाटामा स‌चालन रहेकाे पाइएकाे छ ।
हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन् । त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५१ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन् ।
तर, आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका ३४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमध्ये १८ वटा नाफामा छन् । बाँकी १६ वटा विमानस्थल भने घाटामा सञ्चालन भइरहेका छन् । यस्तै, बाँकी १९ वटा विमानस्थल वर्षौँदेखि घाँसे मैदानमा परिणत भएर बेवारिसे अवस्थामा छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार हिमाली र तराई भेगका र अन्तर्राष्ट्रिय उडान भर्ने दुई वटा विमानस्थल गरी १८ वटा नाफामा छन् । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले तराई र उच्च हिमाली (पर्यटकीय गन्तव्य) क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेको बताएका छन ।
‘तराईका अधिकांश विमानस्थल नाफामा सञ्चालन भइरहेका छन् । यस्तै, हिमाली क्षेत्रका विमानस्थल समेत केही बिमानस्थल नाफामा छन्,’ उनले भने, ‘तर, पहाडी क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थल भने घाटामा रहेको बताएका छन ।’ सञ्चालनमा रहेका ३४ मध्ये १६ विमानस्थल घाटामा रहे पनि समग्र विमानस्थलको हिसाबकिताब गर्दा नाफामा रहेको निरौलाले बताए ।


शाभार तथा श्राेत : रातोपाटी डट कमबाट

चर्चामा

सम्बन्धित समाचार