शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

  • बिहिबार, साउन २६, २०७९
आज बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशको प्रदेश एक, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार