मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा एक मेडिकल सहित १२ पसल शिलबन्दी

बाजुरामा एक मेडिकल सहित १२ पसल शिलबन्दी

  • बुधबार, साउन २५, २०७९
बाजुरामा  एक मेडिकल सहित १२ पसल शिलबन्दी

बाजुरा —  बाजुरा सदरमुकाम मार्तडीकाे बजार अनुगमनकाे क्रममा  एक मेडिकल सहित बाह्र पसलमा शिलबन्दी गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरा र बडीमालिका नगरपालिकाको संयुक्त अनुगमनका क्रममा सदरमुकाम मार्तडीमा रहेको रोहित क्लिनिक मेडिकल सहित १२ खुद्रा तथा कपडाका पसल शिलबन्दी गरिएको हो ।
अनुगमनका क्रममा रोहित मेडिकल दर्ता भएपनि सो विषयमा अध्ययन गरेको स्वास्थ्यकर्मी नबसेको र आवश्यक कागजात नभएपछि दर्ता प्रमाण सहित दर्तामा संलग्न भएको व्यक्तिले प्रशासनमा उपस्थित हुने गरी शिलबन्दी गरेको  जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।   मेडिकलमा आधिकारिक व्यक्ति भन्दा पनि अनाधिकृत व्यक्तिले औषधी विक्री वितरण गर्ने र जनताको स्वास्थ्यमा समेत खेलबाड हुने भएकाले आवश्यक काजगात सहित आधिकारिक व्यक्तिलाई प्रशासनका उपस्थित हुन सार्वजनिक रुपमा पत्र टाँस गरी शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ।

यस्तै बजार अनुगमनका क्रममा खाद्य तथा कपडा व्यवसायीका ११ वटा पसल शिलबन्दी गरिएका छन्। व्यापारीले पान नम्बर नराखेको विल मार्फत भुक्तानी नदिने गरेको,होडिङ्ग बोर्ड नराखेकाले सिलबन्दी गरिएको जिल्ला निरिक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्र विष्टले बताए।

बजारमा दैनिक खाद्यवस्तुको मुल्य वृद्धि,कालो बजारी लगायतका जनगुनासो आउन थालेपछि जरिवाना र कारबाही गर्ने गरी बजार अनुगमन गरेको उनले बताए । कार्बाहीका क्रममा केही पशलहरुमा जरिवाना पनि गराएकाे छ प्रति पशलमा ५ हजारका दरले जरिवाना गराएकाे सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन । अनुगमनका क्रममा ५५ हजार रुपैँया जरिवानाबाट अशुल गराएकाे  जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

आज ( बुधबार) गरिएको बजार अनुगमनमा करिव ७० हजार बराबरको अखाद्य तथा अन्य म्याद गुज्रेका सामग्री बरामद गरि नष्ट गरिएको  सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताएका छन। बजारमा हुने चर्को मुल्यवृद्धि,कालोबजारी र व्यापारीले मुल्य सूचि नराख्ने,पान नम्बर देखिने गरी नराख्ने र ग्राहकलाई सामान किनेको विल अनिवार्य दिन अनुगमन टोलीले सुझाव दिएको छ।

यस अघि बजार अनुगमनका क्रममा सुझाव मात्रै दिएर फर्किने गरेकाे र कार्बाही नहुदा ब्यापारीहरुमा साहस बढ्दै गएकाे थियाे । तर याे पटककाे कार्बाहीले ब्यापारीहरु सचेत हुनुपर्ने नागरिक अगुवाले बताएका छन । यसपटककाे अनुगमन जिल्लामा  पहिलाे नमुनायाेग्य कार्य भएकाे उपभाेक्ताहरुले बताएका छन । ब्यापारीहरुकाे कालाेबजारी र मुल्यबृद्धिका कारण हैरान बनेका उपभाेक्ताहरुले नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाइ धन्यबाद समेत ब्यक्त गरेका छन।

यता बजार ब्यबस्थापन समिति र उध्याेग बाणिज्य संघका केही ब्यक्तीहरुले सामाजिक संजाल मार्फत बिराेध जनाएका छन ।

May be an image of text

No photo description available.

चर्चामा

सम्बन्धित समाचार