शनिबार, मंसिर २२, २०८१
  • होमपेज
  • समाचार
  • विश्वकै अग्ला बडी बिल्डर, यस्तो छ उनको खुराक

विश्वकै अग्ला बडी बिल्डर, यस्तो छ उनको खुराक

  • बुधबार, साउन २५, २०७९
विश्वकै अग्ला बडी बिल्डर, यस्तो छ उनको खुराक

युवाहरू आफ्नो जीउडाललाई लिएर निकै सचेत रहन्छन् । फिल्मी हिरोजस्तै भलै सिक्स प्याक नहोस् तर गठिलो शरीर हर कोहीको चाहना हुन्छ । त्यसैले युवाहरू जिमखानामा पसिना बगाउँछन् ।

आफ्नो बडी बनाउनका लागि उनीहरू फिल्मी हिरोसँगै कतिपय बडी बिल्डरहरूबाट पनि प्रेरित हुन्छन् । बडी बिल्डरको कुरा गर्दा के तपाईंलाई संसारको सबैभन्दा अग्लो बडी बिल्डरको नाम थाहा छ ? उनको जीउको लम्बाइ कति होला ? अनि उनको एक दिनको खुराक के के होला ?

वास्तवमा सुगठित जीउ बनाउनु सजिलो काम छैन । जिमखानामा केहिबेर पसिना बगाउँदैमा सिक्स प्याक बन्दैन । यसका लागि पर्याप्त, सन्तुलित, पौष्टिक तथा स्वस्थ आहारको नियम पनि पालना गर्नुपर्दछ ।

संसारका सबैभन्दा अग्ला बडी बिल्डरको दैनिक खानेकुराको मात्रा यदि तपाईंले थाहा पाउनुभयो भने तिनछक पर्नुहुन्छ । किनकि उनको एक दिनको खुराकले चारजना सामान्य मानिसलाई पुग्दछ ।

विश्वका सबैभन्दा अग्लो जीउ भएका बडी बिल्डरको नाम ओलिभर रिक्टर हो । उनको शरीरको उचाइ ७.२ इन्च छ । शरीरको वजन १५० किलो छ ।

गिनिजबुक रेकर्डधारी ओलिभर सोसल मिडिया स्टार पनि हुन् र उनका इन्स्टाग्राममा पाँच लाखभन्दा धेरै फलोअर्स छन् ।

अभिनेतासमेत रहेका ओलिभरले विभिन्न हलिउड फिल्ममा अभिनय गरिसकेका छन् ।

हालैको एक अन्तरवार्ताका क्रममा ओलिभरले आफ्नो दैनिक खुराकका बारेमा खुलासा गरेका छन्। ओलिभरका अनुसार उनले दैनिक ६ देखि ७ हजार क्यालोरी ऊर्जा पाउने खानेकुरा खान्छन् । जबकि सामान्य मानिसलाई करिब २२ सय क्यालोरीले पुग्दछ ।

उनको दैनिक आहारामा ३०० ग्राम प्रोटिन हुन्छ । जसका लागि उनले आधा पाउण्ड साल्मोन माछा र ओट प्रोटिन शेक पिउँछन् । शेकबाट उनले दैनिक ७०० क्यालोरी प्राप्त गर्दछन् । त्यसमा ६ कप ओट, आधा कप भ्यानिला प्रोटिन पाउडर तथा पानी मिसाइएको हुन्छ । यस्तो शेक उनले दिनमा ६/७ पटक पिउँछन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार