शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदुर पश्चिमका ६ जिल्लाका खेलकुद बिकास समिति कर्मचारी बिहिन

सुदुर पश्चिमका ६ जिल्लाका खेलकुद बिकास समिति कर्मचारी बिहिन

  • मङ्लबार, साउन २४, २०७९
सुदुर पश्चिमका ६ जिल्लाका खेलकुद बिकास समिति कर्मचारी बिहिन

बाजुरा — सुदुर पश्चिम प्रदेशका ६ जिल्लाका जिल्ला बिकास समिति कर्मचारी बिहिन कार्यालयको रुपमा रहेका छन । सदुर पश्चिम प्रदेश सरकारको मातहतमा रहेको खेलकुद बिकास समितिमा हाल सम्म प्रदेश सरकारले कर्मचारी नियूक्ती गर्न सकिरहेको छैन ।
अहिले जिल्ला खेलकुद बिकास समिति प्रदेश सरकार मातहतको कार्यालय भएको कारण संघ सरकारले करारमा पठाएका कर्मचारीहरुबाट कामकाज गर्नु परेको जिल्ला खेलकुद बिकास समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन । उनका अनुसार हाल करारमा रहेका कर्मचारी संघिय सरकार अन्तरगतका रहेका बताए । बाजुरा खेलकुद बिकास समितिमा संघिय सकार मातहत एक जना करारका कर्मचारीले कार्यालयकाे काम गरिरहेकाे अध्यक्ष थापाले बताए ।
सुदुर पश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, अछाम, बैतडी र दार्चुला जिल्ला खेलकुद बिकास समितिमा प्रदेश सरकारले कर्मचारी व्यबस्थापन गर्न नसकेको खेलकुद बिकास समितिका अध्यक्षहरुको गुनासो रहेको छ ।
सुदुर पश्चिम प्रदेश सरकार खेलकुद नियामावली दोस्रो संशोधन २०७७ को धारा २७ कर्मचारी ब्यवस्था सम्बन्धी नियमावलीमा प्रस्ट पारेको छ ।
धारा २७ मा परिषद र जिल्ला खेलकुद बिकास समितिका लागि अबस्यक कर्मचारी प्रदेश सरकारले ब्यवस्था गर्ने उल्लेख गरिएको छ । तर जिल्ला खेलकुद बिकास समितिमा कर्मचारी पठाउन भने प्रदेश सरकारले सकिरहेको छैन ।
बिभिन्न जिल्लाका खेलकुद बिकास समितिका अध्यक्षहरु संग बडिमालिका खवरको टिमले टेलिफोन मार्फत खवर गर्दा प्रदेश सरकारले यो बिषयमा चासो नदिएको बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार