• होमपेज
  • राजनीति
  • नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समितिको सह संयोजकमा खड्का चयन

नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समितिको सह संयोजकमा खड्का चयन

  • सोमवार, साउन २३, २०७९
नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समितिको सह संयोजकमा खड्का चयन

बाजुरा — नेपाल नगरपालिका संघ सुुदूरपश्चिम प्रदेश समिति सह संयोजकमा बडिमालिका नगरपालीकाका नगर प्रमुख अमर खड्का निरबिरोध चयन भएका छन । सुदुर पश्चिम प्रदेशको धनगढीमा आयोजित  समितिकाे  कार्यक्रमबाट सह संयोजकमा खड्का चयन भएका हुन ।
संयोजकमा गोदावरी नगरपालिकाका विरेन्द्र भट्ट, सह संयोजकमा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, सदस्यमा शिखर नगरपालिका दिर्ध बलायर, त्रिवेणी नगरपालिकाकी कमला कुमारी न्यौपाने, साँफेबगर नगरपालिकाका राजेन्द्र कुुँवर रहेका छन ।  बेदकोट नगरपालिकाबाट तुुलसी जोशी, दिपक बहादुर बम पुुचौडी नगरपालिका, शारदा देवी रोकाया गोदावरी नगरपालिका रहेका छन ।त्यसै गरि कन्दकला राना धनगढी उप महानगरपालिका, जुना चौधरी लम्की चुहा नगरपालिका, खडक बहादुर शाह टिकापुर नगरपालिका, राजु तिरुवा भजनी नगरपालिका र खडक बहादुर रावत घोडाघोडी नगरपालिकाका सदस्यमा चयन भएका छन ।
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेन्जुको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री गोबिन्द राज बोहरा रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार