शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • संघियता खारेजी वा चुनावी ताल?

संघियता खारेजी वा चुनावी ताल?

  • सोमवार, साउन २३, २०७९
संघियता खारेजी वा चुनावी ताल?

सुरेशकुमार पान्डे — अहिले पूर्व प्रधान मन्त्री ओलीले संघियताले देशलाई कंगाल गरायो यसलाई अबिलम्बन खारेज गर्नुपर्छ भन्दै भाषन गर्दै हिंडेकाछन।
त्यसै त संघियता राप्रपा राजावादीहरूले पनि संघियता खारेजीका कुरा गर्दै आएकाछन।कांग्रेसले पनि संघियता खारेज गरेर हिंदु धर्म फर्काउं भन्दै पनि आएकोछ।
संघियताको जनम काल देखून नेकपा मसाल र राजमोले बिरोध गर्दै आएकाछन।संघियता बिरूद्धमा काठमाण्डु केन्द्रित आन्दोलन यसको ज्वालान्त उधारणहो।
अहिले देशका धेरैजसो राजनीतिक पार्टीले संघियताको बिरोध गर्न थालेकाछन तर माओवादी केन्द्रले भने संघियता खारेज गर्न नहुने यदि संघियता खारेज हुन्छ भने राजालाई बलमिल्छ भन्दै आएकाछन।
अहिलेको राष्ट्रियताको राजनीति प्रतिगामी र बिदेशीको हश्तक्षेपका मुद्धाहरू प्रमुख रूपमा अगाडी आएकाछन।संघियता यस्तो मुद्धाहो यो एकदिन देशका सबै राजनीतिक पार्टीहरूको मिलन केन्द्र हुनेछ।
तर अहिले संघियताको बिरोध गर्ने उदेश्य बेग्ला बेग्लै हुनसक्छन।
पहिलो राजमो र नेकपा मसाल लगायतका केही झिन मसिना दलहरूले संघियताको बिरोध यथार्थमा देशको हितको लागि गरेकाछन।नेकपा मसालले त सुरू देखुन संघियता बाट हुने दुशपरिणामहरू लाई बारमबार जनतामा ल्यायकोछ।हामिले संघियताको बिरोध गरेपनि समःबिधानमा उल्लेखित गणतन्त्र र धर्म निरपक्षियतालाई संस्थागत गर्ने र सम्बिधानको रक्षा गर्ने उदेश्यले प्रेरितछ।अहिले चौतर्फिय संघियताको बिरोध हुनुमा पनि नेकपा मसाल र राजमोले गर्दै आएको बिरोध प्रदर्शन र संघियताका दुशपरिणामहरूको बारे छलफलकै परिणाम हो भन्ने थुप्रै आधारहरूछन।
राप्रपा र राजावादीहरूले संघियताको बिरोध गर्नुको मुख्य उदेश्य राजतन्त्रको पुनर्स्थापनाका लागि हो जसले नेपालमा हिंदु धर्मलाई फर्काउने र धर्म निरपक्षियता र गणतन्त्रलाई हटाउने र राजाको प्रत्यक्ष साशन ल्याउने उदेश्यले प्रेरितछन।उनिहरूले संघिताको बिरोध गर्दै देशका जनताहरूले साढे छे दशक सम्म शंघर्ष गरेर रगतको बद्लामा ल्यायको गणतन्त्र सिङ्गो सम्बिधानको खारेजी गर्ने उदेश्यले प्रेरितछन।नेपाली कांग्रेसले भारतको दलालि गर्ने उदेश्यले संघियताको खारेज गरौं र हिंदुधर्म फर्काउँ भनेकाछन।
तर ओली जसले दुई तिहाईको सरकारलाई अपदस्त गरेर बिदेशीको इसारामा देशलाई सङ्कटमा पुराए उन्ले संघियताको बिरोध केका लागी गरेकाछन?यो प्रश्न आम जनताको हुन सक्छ।केपी शर्मा ओली जसले संघिय शासनका पटक पटक प्रधान मन्त्री रहेकाहुन त्यो वेला आफ्नो साशनकालमा चाहेको भए संघियता खारेजी सम्बन्धि प्रस्ताब ल्याउँन सक्दथे र त्यो पारित पनि हुने चानसथियो त्यो वेला किन मोन रहे र अहिले अचानक संघियताको बकालत गर्दै हिंड्नु किन पय्रो?या त उनि प्रतिगामीको मोहोरा बनेकाछन वा संघियता खारेजि उन्को चुनावी इस्डेन्ड हो!अहिले उनि प्रतिपक्षमाछन तर उन्ले एमसीसी पारित मोन समर्थन दिएर गराए र नागरिकता बिधेयकमा पनि मोन रहेर पारित गराउन सरकारको मद्त गरेकाछन उन्को यो ब्यबहारले उनि अहिले प्रतिगामी मात्रै होइनन् बिदेशीको इसारामा काम गर्ने आर्का दलाल प्रवृतीका ब्याक्तिहुन भन्ने प्रमाणित हुन्छ।भनिरहनु पर्दैन उन्ले दुई तिहाई सरकारलाई छिमेकीकै इसारामा बिघटन गरेका थिए।
बिगतको बर्ष बाट उन्को राजनीतिक लाईन कहिले भारत प्रस्त कहिले राजा प्रस्त रहंदै आएको कुरा कसैबाट पनि लुकेकोछैन।जनताले केपी शर्मा ओली र प्रचण्डलाई कम्युनिष्ट सम्झिने भुल नगरेपनि हुन्छ र यिनिहरू द्वारा संघियता खारेज होला भन्नेपनि नसोंचे हुन्छ।यि कम्युनिष्ट त हुँदैहोइनन् मात्र कम्युनिष्टको ‘लोगो’प्रयोग गरेर त्यसको जरा काट्ने यिनिहरू दुबैको मक्सद हो जनताले नबुझेर बारमबार यिनिहरूको शड्यन्त्रको सिकार हुंदै आएकाछन।
अहिले चर्को संघियताको बिरोध गरेर आफु देशभक्त बन्न खोजेपनि ओलि चरम अवसरबाद हुन उन्को नीति प्रतिगामी वा बिदेशी दलालि गरेर भयपनि सत्ता हातपार्ने छ।देश र जनताको हितमा यिनिहरूले दुई तिहाईको सरकार मा बस्दा पनि कुनै काम गरेनन् बरू उखान र टुक्काको भरमा जनतालाई उल्लु बनाउँदै सरकार चलाए।
माओवादी केन्द्रका पुस्पकमल दहाल र यि ओलि दुबै कम्युनिष्ट बाट पतन भएका चरम अबसरबाद हुन।यिनिहरूले सरकारमा पुग्न जुनसुकै शड्यन्त्रपनि गर्नेछन भन्ने कुरा यिनको ब्यबहारले पटक पटक पुष्टी गरिसकेकोछ।
हिंजो एम सीसीको बिरोध गरेर तर सरकारमा पुग्दा बित्तिकै यिनिहरूले एमसीसीलाई पारित गर्न कत्ति ढिला गरेनन्,नागरिकता बिधेयकलाई तुरून्त पारित गराए।अहिले एस पीपीलाई रिजेक्ट गय्रौं भने तापनि आगामी चुनाउपछि त्यो मुर्दा पनि पुनर्जिवित हुनेछ।प्रचण्ड देउवा र ओलिको राष्ट्र प्रेम,भनेको हात्थिको देखाउने दांत भनेको जस्तै सत्ता हत्याउन खेल मात्रै हो।अहिले आगामी मंगसिरको चार गते चुनावको घोषणा भएपछि फेरी जनतामा भ्रमपार्न बिभिन्न दलहरूले झुठा आस्वासन दिंन थालेकाछन।
यदि एउटा यही संघियतालाई खारेज गर्ने मुद्धामा मिलेपनि यसभित्र लुकेका आ आफ्नै प्रकारका स्वार्थछन।त्यसैले गर्दा तिनका ति राष्टघाती र असम्बैधानिक मुद्धाको भण्डाफो गर्नुपर्छ।यिनै दलले देशलाई अहिले फिजिको बाटो सिक्किम पुराउँन थालेको अबस्थामा जनताहरूले वेलैमा यिनको चाल लाई चिन्न सक्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार