शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दशाै दक्षिण भारत सम्मेलनले देखाएको बाटोमा अघि बढाै ।

दशाै दक्षिण भारत सम्मेलनले देखाएको बाटोमा अघि बढाै ।

  • सोमवार, साउन २३, २०७९
दशाै दक्षिण भारत सम्मेलनले देखाएको बाटोमा अघि बढाै ।

जनक बि सि द . भा .काेचिन

गणतन्त्र र रास्ट्रियताकाे रक्षा गराै , भारतस्थित प्रवाशि नेपालीहरुकाे मताधिकार एवंम समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराै मुल नारा सहित ऐतिहासिक दशाै दक्षिण भारत सम्मेलन भारतकाे चेन्नइमा सम्पन्न भएको छ । विभिन्न प्रकारका उतार चडावहरु अप्ठ्यारो परिस्थितिसित जुझ्दै अगाडि बढी रहेकाे मुल प्रबाह अखिल भारत नेपाली एकता समाजले आफ्नो दशाै दक्षिण भारत सम्मेलन गरिसकेको छ । दक्षिण भारतका १९ वटा नगर समितिले प्रतिनिधित्व गरेको मेहनतकश नेपालीहरुकाे उक्त सम्मेलनमा उपस्थिति रहेको थियो । विद्यमान शाेषण प्रधान समाजमा आमुल परिवर्तन ल्याउन जुनसुकै किसिमको सघर्ष गर्न पछि नपर्ने प्रतिबद्दता जाहेर गर्दै नेपालीहरु सम्मेलनमा सहभागी भएका थिए । उनिहरुमा एउटा छुट्टै प्रकारकाे जाेश जागर र उत्साह थियो , ताकि आमुल परिवर्तनको आन्दोलनलाई निरन्तरता दिने दृढता थियो।

भारतमा मुल प्रबाह अखिल भारत नेपाली एकता समाजलाई जुन लक्ष्य र उदेश्यका साथ स्थापना भएको थियो त्यो दिशामा काफि हदसम्म सफलता प्राप्त भएको कुरा घाम झै छर्लङ्ग छ। ऐतिहासिक दशाै दक्षिण भारत सम्मेलन जसरी ऐतिहासिक रुपमा सम्पन्न भयाे यसले याे कुरालाई प्रमाणित गर्दछ कि भारत स्थित मेहनतकश नेपालीहरु जसरी आफ्नो हक अधिकार प्राप्तिका लागि महान आन्दोलनकाे तयारीमा जुटेका छन, भारतका गल्ली गल्लीमा अत्यन्तै कस्टप्रद जिवन बिताउँदै आफ्नो जिवन निर्वाह गरिरहेका नेपालीहरु जसरी एकता समाजलाई आफ्नो मुल घर र संरक्षरकाे रुपमा स्विकार गर्दै संगठनको निति र कार्यक्रम प्रति दृढ संकल्पमा छन । यि कुराहरूले के
स्पस्ट हुन्छ भने मुल प्रबाह अखिल भारत नेपाली एकता समाजले महत्त्वपूर्ण जिम्मेवारी र आफ्नो दायित्व पुरा गरिरहेकाे छ तर यतिमात्र प्राप्त छैन कि मुल प्रबाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित सम्पुर्ण नेपालीहरुलाई गाेलबद्द गर्दै अझ शशक्त जिम्मेवारी र दायित्व पुरा गर्नुपर्ने भएको छ । एउटा ठुलो जमात मुल प्रबाहकाे राताे झन्डामुनि गाेलबद्द भएको त छ तर त्यो जमातलाई बैचारिक र ब्यवहारिक रुपमा अझ शशक्त पार्न त्यतिकै जरुरी छ उनिहरुलाई त्यस्तो सामाजिक कार्यकर्ताकाे रुपमा तयार पार्नु परेको छ कि जस्तो सुकै चुनाैतिपुर्ण परिस्थितिहरुमा आफ्नो संघर्षशिल स्प्रिडलाई निरन्तरता दिन सकुन् । अनुकूल परिस्थितिमा गाेलबद्द हुने तर कठिनपरिस्थिति पलायन हुने जस्तो घाेर अवशरबादि नभएर कठिन परिस्थितिहरुमा पनि दृढरुपमा प्रतिबद्द भइरहने कार्यकर्ताकाे रपमा बिकसित हुन जरुरी छ ।

आज हामीलाई ऐतिहासिक दशाै दक्षिण भारत सम्मेलनपछि एउटा परिस्थिति सिर्जना भएको देखिएकाे छ जसलाई संगठनले कारबाही गरेर फालि सकेकाहरुले मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे लाेगाे झन्डा र रजिस्ट्रेशन प्रयाेग गरेर भ्रम सिर्जना गरिरहेका छन जसलाई न्याय प्रेमि नेपाली जनताको माझमा नङगाएर उनिहरुकाे भन्डाफाेरमा जाेड दिन जरुरी छ कि उनिहरु मुल प्रबाह अखिल भारत नेपाली एकता समाजकाे नामबाट फुटपरस्त अवशरबादकाे भुमिका निभाएका छन जसलाई आज ऐतिहासिक दशाै दक्षिण भारत सम्मेलन गाैरबमय हाम्रो संगठन बचाउन फाेहाेर सफा गरेको छ । अत: हामी मुल प्रबाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिकाे ऐतिहासिक दशाै दक्षिण भारत सम्मेलन सम्पन्नका साथ यि विषयहरुलाई कि गणतन्त्र र रास्ट्रियताकाे रक्षा गराै , भारतस्थित प्रवाशि नेपालीहरुकाे मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराै याे नारा नै हाम्रो दशाै दक्षिण भारत सम्मेलनकाे सजिव उदाहरण हाे । यस सन्दर्भमा याे कुरा प्रति पनि स्पस्ट हुनुपर्दछ कि कुनै खाँले चुनाैतिहरुलाई कठन अवस्थामा शशक्त प्रकारले सामना गर्न सकिनेछ , जब मुल प्रबाह अखिल भारत नेपाली एकता समाजमा गाेलबद्द भएकाहरु एउटा “भिड” काे रुपमा मात्र सिमित नभएर बैचारिक रुपमा परिपक्व हुनुपर्दछ , विभिन्न प्रकारका वर्ग संघर्षहरुमा क्रियाशिल हुदै आफ्नो स्तरलाई उठाउँदै गएमात्र तथापि त्यस प्रकारका कार्यकर्ताकाे जमातले नै जुनसुकै प्रकारकाे चुनाैतिहरुलाई शशक्त प्रकारले सामना गर्न सक्ने छ।
हामी आसा र बिस्वास गराै यि विषयहरुलाई गम्भीरता साथ लिदै ऐतिहासिक दशाै दक्षिण भारत सम्मेलनले स्पस्ट र ठाेश प्रकारले दिशा निर्देश गर्ने छ । अझ ब्यापक र शशक्त प्रकारले आफ्नो सघर्षशिल पाईलाहरुलाई निरन्तरता दिदै जाने छ र हामी पनि दृढता ब्यक्त गराै कि ऐतिहासिक दशाै दक्षिण भारत सम्मेलनले देखाएको बाटोमा अझ शशक्त प्रकारले प्रतिबद्द हुनेछाै सम्मेलनले निर्धारित गरेका निति र कार्यक्रमहरुलाई जनता माझ पुरा गर्न दृढ संकल्प गर्दछाै ।
अन्त्यमा :- संसारका मजदुर – एक हाै !
मुल प्रबाह अखिल भारत नेपाली एकता समाज जिन्दाबाद !!

चर्चामा

सम्बन्धित समाचार