शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • चीनले ताइवानको सीमा क्षेत्रमा गरेको सैन्य अभ्यासप्रति अमेरिकाको आलोचना

चीनले ताइवानको सीमा क्षेत्रमा गरेको सैन्य अभ्यासप्रति अमेरिकाको आलोचना

  • सोमवार, साउन २३, २०७९
चीनले ताइवानको सीमा क्षेत्रमा गरेको सैन्य अभ्यासप्रति अमेरिकाको आलोचना

एजेन्सी — चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेकोप्रति अमेरिकाले चर्को आलोचना गरेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक प्रवक्ताले अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप लगाउँदै यस्तो कार्य रोक्न आग्रह गरेका बीबीसीले जनाएको छ।

चीनले अहिले गरेका गतिविधि उत्तेजनापूर्ण र अनुत्तरदायी रहेको ह्वाइट हाउसको भनाइ छ। चीनले ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास थालेको आइतबार चौथो दिन थियो। अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ। पलोसीको भ्रमणलाई चीनले ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिएको ठानेको छ।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त भन्दै कुनै समय नियन्त्रणमा लिने बताइरहेको छ। ताइवान भने आफूलाई छुट्टै राज्य मान्छ। चिनियाँ जहाज र विमानहरूले मध्यवर्ती रेखा नाघेर विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। ताइवानी सेनाले चीनले आफूमाथि आक्रमण गर्न त्यसरी अभ्यास गरेको बताएको छ। चीनले आफ्नो सैन्य अभ्यासबारे टिप्पणी गरिसकेको छैन।

पलोसीको भ्रमणबाट रिसाएको चीनले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणको प्रयासजस्ता केही महत्त्वपूर्ण विषयमा सहकार्य स्थगित गर्ने घोषणा गरेको छ।

चर्चामा

सम्बन्धित समाचार