बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • वाइवाइ चाउचाउको मूल्य बढ्यो, तौल घट्यो

वाइवाइ चाउचाउको मूल्य बढ्यो, तौल घट्यो

  • आइतवार, साउन २२, २०७९
वाइवाइ चाउचाउको मूल्य बढ्यो, तौल घट्यो

काठमाडौँ — पछिल्लो दुई महिनामा दुई पटक मूल्य बढाएको वाइवाइ चाउचाउको तौल घटाएर बजारमा पठाएको पाइएको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको र एक पटक १० ग्राम तौल घटाएको हो।

वाइवाइले सार्वजनिक रुपमा मूल्य बढाएको जानकारी नदिए पनि प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएको पाइएको छ। बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ रहेकोमा अहिले २३ रुपैयाँ पुगेको छ। मूल्य बढ्दा तौल भने ६५ ग्राममा झरेको छ। झन्डै ५ महिनाअघि ७५ ग्राम तौल घटाएर ६५ ग्राम बनाइएको व्यापारीहरु बताउँछन्।

वाइवाइले जेठ २० पछि वाइवाइ चिकेन र भेजको मूल्य क्रमशः २० बाट २२ र १५ बाट २० रुपैयाँ पुर्‍याएको थियो। साउन लागेपछि चिकेन स्वादको मूल्य पुनः २२ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्‍याएको हो। वाइवाइले कार्टुनको पनि मूल्य बढाएको छ। खुद्रा व्यापार संघकाअनुसार यसअघि एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ थियो भने अब प्रति कार्टुनको मूल्य ५९५ रुपैयाँ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार