• होमपेज
  • देश
  • कैलालीमा ‘लभ म्यारिज’ गरेको एक महिना नबित्दै युवतीको मृत्यु, हत्याको आशंका

कैलालीमा ‘लभ म्यारिज’ गरेको एक महिना नबित्दै युवतीको मृत्यु, हत्याको आशंका

  • शनिबार, साउन २१, २०७९
कैलालीमा ‘लभ म्यारिज’ गरेको एक महिना नबित्दै युवतीको मृत्यु, हत्याको आशंका

धनगढी — कैलालीमा प्रेम विवाह गरेको एक महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। दैलेखको गुँरास गाउँपालिका–२ बाट भागेर कैलालीको जानकी गाउँपालिका–६ जगतपुर बस्ने भरत भण्डारी (अर्जुन) सँग प्रेम विवाह गरेकी १९ वर्षीया विष्णु रावलको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार दिउँसो मृतकका श्रीमानले रावललाई उपचारका लागि टीकापुर अस्पताल ल्याएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। रावलले झुण्डिएर आत्महत्या प्रयास गरेको अवस्थामा श्रीमानले पासो काटेर अस्पतालमा पुगाएको र चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। घटनाको अनुसन्धानका लागि मृतकका श्रीमानलाई नियन्त्रणमा लिएको प्रहरीले शुक्रबार भने आफन्तको जिम्मा लगाएको छ।

प्रारम्भीक अनुसन्धानमा हत्या गरेको जस्तो नदेखिएकाले आफन्तको जिम्मा लगाइएको बताइएको छ। तर, प्रहरीले हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान जारी रहेको जनाएको छ। यस्तै मृतकका माइती पक्षले पनि घटना शंकास्पद भएकाले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतक विष्णु गत असार २१ मा भण्डारीसँग भागेर कैलाली आएकी थिइन्। भण्डारीसँग प्रेम विवाह गरेर आएको एक महिना नबित्दै उनको मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार