• होमपेज
  • विचार/ब्लग
  • नागरिकता बिधेयकलाई खारेज गर्नुपर्छ।

नागरिकता बिधेयकलाई खारेज गर्नुपर्छ।

  • शनिबार, साउन २१, २०७९
नागरिकता बिधेयकलाई खारेज गर्नुपर्छ।

सुरेशकुमार पान्डे — नागरिक सँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता बिधेयकलाई सम्मान्निय राष्ट्रपती बिध्यादेवी भण्डारीले चार दिन देखी रोकेर राखेता पनि यो समस्य हल हुनेछैन।राष्ट्रपतीको कार्यलयले यसलाई पन्द्रदिन भन्दा बढी राख्ने अनुमति पनि हुंदैन।नागरिकता बिधेयकलाई पुर्न अध्यायनका लागी फिर्ता पठाएर यसमा पुर्नबिचार गर्नका लागी आदेश जारि गर्नु पर्ने हुन्छ।
तर पनि अहिले राष्ट्रपतिको यो कदमलाई जनताले सम्मानका साथ हेरेकाछन वास्तबमा दुबै सदन बाट पारित भैसकेपछि यो आर्को विक्लप थियो यदी यो आसापनि फलदाई नभय अब सर्वोच्चको सरणमा नागरिक जान बाध्यछन र देशलाई जोगाउन नागरिक आन्दोलनको उठान पनि ले नै यसको छिनोफानो गर्नेछ।
अहिले राष्ट्रपतीको कदमलाई आम देशभक्तले सलाम र सम्मान गरेकाछन।
देशमा यस्तो नागरिकता बिधेयकलाई राजाले समेत रोक लगाएका थिए तर अहिले कतिपय राजनीतिक पार्टीहरूको राष्ट्रघाती नागरिकता बिधेयक सम्बन्धी घोर लापर्वाहीले देशलाई अल्पमतमा पार्ने प्रष्टैछ।
जसले हिंजो जन्मका आधारमा नागरिकता पाएकाथिए उनिहरूका आश्रित समेतले देशको नागरिकता पाउँछन र अंगिकृत नागरिकले देशमा सर्वोच्च पदहरूमा बस्ने छुट हुन्छ भने देशको नामो निसान मेट्टिन सक्छ।
कुनैपनि देशभक्तले यस्तो राष्टघाती बिधेयकको समर्थन गर्न सक्दैन।अहिले राष्ट्रपतिको कदमले उनि देशभक्त हुन भन्ने प्रामाणित हुन्छ।मदन भन्डारीले आफु जिवित छंदा सम्म राष्ट्रियता र गणतन्त्रको लागी लडेका थिए अहिले सम्मानिय राष्ट्रपतिमा मदन भण्डारीको झझल्को आयो।
देशले अहिले सम्म सधैभरी केहि न केही गुमाउँदै आएकोछ कहिले आफ्नो भूभाग कहिले देशका सपुत र देशको भेषभुशा र सांस्कृती समेत गुमाउँदै आएको देशमा बहुदल आएपछि केही बिकाश हुन्छ कि भनेर आसा गरेको अबस्थामा देश फिजि बनिसकेकोछ यस्तै चाला रहिरहे देशले आफ्नो पहिचान समेत गुमाउनेछ।अहिले देश अमेरिकाको सैनिक आखडा बन्न थालेको बेला डुब्नेलाई सिन्काको साहारा भनेको जस्तै राष्ट्रपतीको यो नागरिकता बिधेयकमा रोक लगाइन।
अहिले हिंजोका क्रान्तिकारी देशभक्तहरूले यो बहुदलिय ब्यबस्था भन्दा पहिलैइको राजाको प्रत्यक्ष शासन प्रणालिनै ठिक थियो कम्तिमा देशमा बिदेशीको प्रत्यक्ष हश्तक्षेप त थिएन भनेर टिप्णि गर्न थालेकाछन।हाम्रो देश यिनि नेताहरू जसले बिदेशीको अगाडी घुंडा टेक्ने नितिलाई अंगिकार गरेकाछन उन्ले आफ्नो निजि स्वार्थमा वा डराएर जुनसचकै रूप र अबस्थामा भयपनि बिदेशीको दलाली गर्ने र उनको अगाडी नतमस्तक भएर बिदेशीको दवाब झेलेकाछन।
त्यसैको परिणाम आठ दलको अन्तिरम सरकारले संघियतालाई भित्रायो अहिले त्यसैले गर्दा देशको अबस्था चिन्ताजनक छ।कतै आर्थिक अबस्थाले देश दोस्रो श्रीलंका त हुँदैन भन्ने आसंका उब्जिएकोछ।
एकातिर अमेरिकी साम्राज्यवादको दवामा एमसीसी पारित गरेर सरकाले सङ्कट मोल लिएकोछ भने आर्को तिर हिंजो जनताले लडेर ल्यायको बहुदलिय ब्यबस्था पनि धरापमा पर्छ की भन्ने आसङ्काछ।समय समयमा राजनीतिक पार्टीहरूको अदुरदर्शियता र उन्का कार्यक्रताहरूको अन्धभक्तीले गर्दा देशभित्र लगातार यस्तो सङ्कट निम्तिएको हो।
अहिले नागरिकता बिधेयकलाई सम्मानिय राष्ट्रपति ज्युले रोकेकाले जनतामा केही आसा जरूर पलाएकोछ तर यो सङ्टको थाई समाधानभने होइन यसकालागी आम देशभक्त जनताहरूले अबिचलित शंघर्ष गर्नुपर्नेछ।
अहिलेको जस्तो अबस्था आज भन्दा पहिले थिएन लगातारको बिदेशीको प्रयास पछि मात्र उनिहरू गुणत्मक रूपमा सफल भएकाछन।यसरी सफलता उनिहरूलाई हाम्रा दलाल मानसिकता भएका नेताहरूले सत्ता र भत्ताको मोहमा बगेर मिलेकोछ।
अहिले छिमेक बाट ल्यायको बुहारीले तुरून्तै नागरिकता पाउँनेछन हामिले उन्लाई नागरिकता दिनै हुंदैन भनेर पनि भन्दैनौँ एउटा निश्चित समय र निर्धारित प्रकृया पुरागरेर उनिहरूले नागरिकता पाउंने ब्यबस्था हुनुपर्छ।
हाम्रो जस्तो सानु देशमा यति थोरै जनसंख्या भएको देशमा भारत र चिन जस्ता ठुला र धेरै जनसंख्या भएको देश छिमेकी भएपछि नागरिकता भारत र चिनको भन्दापनि हाम्रो सखत हुनैपर्छ।
अहिले त यो नागरिकता बिधेयक पारित हुन्छ भने त्यसले देश नै निल्न सक्छ।
हाम्रो देश जसले केही धनको लालचमा एम सीसीलाई पारित गय्रो यसबाट हुने दुषपरिणामको हेलचाक्रीले देश अमरेकी साम्राज्यवादको दवाबमा उसको रणभूमी बन्न थालेकोछ इण्डो प्पासिफिक रणनीति भित्रको अचानो बनेर आफ्नो असलङ्गन परराष्ट्र नितीलाई गुमाउन पुगेकोछ।आखिर देशका नागरिक हरूको देश होकी मुठ्ठिभर बिदेशका दलालहरूको देशहो?आम जनताको यही प्रश्नछ।यो अबस्थामा राष्ट्रियतामाथिको थोरै मलमले पनि आम जनतालाई राहत दिएको हुन्छ अहिलेको सम्मानिय राष्ट्रपति ज्यु को ब्यबहारले थोरै भयपनि आसा पलाएकोछ।

चर्चामा

सम्बन्धित समाचार