आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के देशभक्तलाई दिएको इनाम हो यो?

के देशभक्तलाई दिएको इनाम हो यो?

  • शुक्रबार, साउन २०, २०७९
के देशभक्तलाई दिएको इनाम हो यो?

सुरेशकुमार पान्डे — हर्क साङ्पाङ्गले धरानका जनतामा आफ्नो ठाउँ बनाएकोमा अत्तालियर कुनै राजनीतिक पार्टीको तत्वधानमा उन्को कार्यलाय तोडफोड गरेकाछन।
यदी यो काम कुनै राजनीतिक पार्टीलेनै गरेकोहो भने त्यसको असर नेपाल भरीनै पर्नेछ।
हर्कसाङपाग असामन्य जनप्रिय र देशभक्त ब्याक्तित्व भएको कुरा कसैबाट लुकेको छैन।
उन्ले कुनैपनि राजनीति पार्टीको समर्थन वा बिरोध भन्दा आफुले कामगरेर जनताको सहयोगमा धरानको बिकास र त्यँहाका जनताले बर्षौं देखुन पिउने पानीको असुबिधा झेल्दै आएकालाई पानी उपलब्ध गराएको मिडियाहरूमा टाडा टाडा सम्म देखिन्छ।ब्यबहारीक रूपमै आफुले भौतिक र नैतिक परिश्रम गर्दै आएका हर्कको बिरूद्धमा यसरी जाईलाग्नु भनेको आत्माघाती कदमहो त्यो कसैलेपनि सहि भन्न सकिदैन।
हुनसक्छ कुनै पिडित पक्षको काम नभयको पनि तर यसरी काम गरिरहेका जनप्रतिनिधिको बिरोधमा जाई लाग्नुलाई ठिक भन्न सकिदैन।वास्तबमा भन्नु पर्दा वेलन शाह ,हर्क साङपाङ्ग,रवीलामिछाने लगायतकालाई यिनै भ्रष्ट राजनीताक दलहरूले नै जन्माएका हुन।
मिडियाहरूमा यो कार्यमा एमालेको हातछ भन्ने खुलेकोछ यसबारी सहि र तथ्य केहो?छानबिन कमेटी द्वारा छानविन गराएर दोशिलाई कार्वाही गर्ने सरकारको दायित्व वा कर्तव्य बन्छ।
अहिले बहुदलिय ब्यबस्था आएपछि देशमा लगातार बड्दै गएको भ्रष्टचारले गर्दा आमा बुद्धिजिवी स्वतन्त्र देशभक्त र पत्रकारहरू जस्ले देशलाई मायाँ गर्छन समाज प्रेमी र देशको बिकासमा चिन्तितछन त्यस्ता ब्याक्तीहरू आफैले पनि केही गर्न सकिन्छ की भनेर स्वतन्त्र रूपमा वा आफ्नै पार्टी दर्ता गराएर भएपनि चुनावमा भागलिन पुगेकाछन।कयौं महाविर पुन जस्ता वैज्ञानिकहरू समेतले राजनीतिमा आउने इच्क्षा जाहिर गर्दै आएकाछन।
यदी देशमा बिकास हुनथ्यो भने आम नागरिकलाई राजनीतिक दलदलमा हाम्फाल्नु पनि पर्दैनथ्यो होला यो अहिले नागरिकको बाध्यतानै भएकोछ।यद्यापी स्वतन्त्र रूपमा एक्लैले खासै उपलब्दी हासिल हुने सम्भावना सिमित हुन्छ।तरपनि अहिले बिभिन्न बुद्धिजिवीहरूले राजतीनिको गुर अप्नाउन थालेकाछन।एउटा प्रख्तात पत्रकारले राजनीतिक पार्टी दर्ता गराउँछन,बुद्धिजिविहरूले आ आफ्ना पार्टी खोल्छन अनि एउटा विज्ञानिक जो राष्ट्रको धरोहरहुन उनैले पनि भ्रष्टचार र नागरिकलाई सरकारले आधारभुत सुबिधा उपल्बद गराउन नसक्दा आफै चुनाव लडेर भएपनि केही गर्नुपर्छ भन्ने सोंच्न बाध्य हुन्छन।किन भने सरकारले देश र जनताको हितमा पाइला चाल्नुको साटो देशलाई बिदेशीहरूको चलखेलको मैदान बनाउँदै लगेको,देशमा भ्रष्टचार नियन्तरण गर्न नसकेको बाटो घाटो सेवा शुरक्षामा पाइला चाल्न नसकेपछि आम नागरिकमा आक्रोश पैदा हुनु पनि स्वाभाविकनै हो।
हिंजो जनताले राष्ट्रियता जनतन्त्र र जनजिविकाको लागि लगातार शंघर्ष गरेका थिए।हजारौं हजार नागरिकले देशको लागी र स्वतन्त्रताको लागि आफ्नो ज्यान गुमाए तर आजपनि त्यही अबस्था छ।आखिर हाम्रो देशमा अमन चयन कहिले आउला?देशमा सडक,बिधुत,अस्पत्ताल र शिक्षाण संस्थाहरूमा सुधार कहिलेहोला यावत प्रश्नहरू तेर्छिएकाछन।
के देशका नागरिकले सधैभरी स्वतन्त्रताको लागी बलि चढ्नेहो?अनि यो देशलाई छिमेकमा हस्तानतरण गर्नेहो?जब देशमा अस्लि वारिस हुंदैन र बिदेशीहरूको बहुल्य हुन्छ त्यो वेला के हुन्छ?यो डरपनि अहिलेको परिवेशमा ब्यापकछ।बिदेशी साम्राज्यवादले सिधै हश्तक्षेप गरेर नागरिकता बिधेयकलाई सरकारले यति लचिलो बनाएकोछ जो पहिलेको सबै रिकाट तोड्यो।जनमका आधारमा नागरिकता लिएकाहरूको आश्रृतले अब बशंजको आधारमा नागरिकता पाउँनेछ र अंगिकृत नागरिकहरू पनि प्रधान मन्त्री राष्टपती जस्तो देशको सर्वोच्च संस्थानमा बस्न पाउँने छन।
एका तिर अमेरिकन साम्राज्यवादले एमसीसीलाई लागु गर्न दिएको धम्कि बाट सरकार र बिपक्ष नतमस्तक भएर पारित गराएकाछन।अब एस पीपी लाई पनि चुनावपछि वा कुनैपनि अबस्था हेरेर पुनर्जिवित गर्नेछन भन्ने बारेमा उनिहरूको ब्यबहारले बताएकैछ।
देशका तमाम जल्दाबल्दा समस्यालाई मध्य नजर राखेर अहिले देशभक्त र बुद्धिजिवीहरूले नयाँ नयाँ राजनीतिक पार्टी दर्ता गराउँने वा स्वतन्त्र रूपमा भएपनि जनताको समर्थन पाएका हर्क साङपाङ्ग जस्ता देशप्रेमीहरू चुनावमा हाम फालेकाछन।उनिहरूको विजयपनि राजनीतिक पार्टी हरूको गलती बाट उनिहरूलाई फाइदा भएको कुरा कसैबाट पनि लुकेकोछैन।
हुन त माथि भनिएको जस्तै स्वतन्त्र उमिदवारको भबिस्य धेरै लामूसमय सम्म हुने चान्स कम हुन्छ र नेपालको सन्दरभरमा उनिहरूलाई छिमेकी वा राजावादीहरूले उपयोग गर्ने बढी सम्भावना पनि हुन्छ त्यो छुट्टै बिषयहो।
तरपनि हर्क सांङपाङले जुन काम यती छोंटो समयमा गरेर धरानका जनताको मात्रैहोइन तमाम राष्ट्रवादीहरूको मन जित्न सफल भएकाछन त्यसकारण उन्को यो लोकप्रिएता बाट बौखलाएर उन्को कार्यलय तोडफोड गर्ने जुनसुकै पार्टीका लठेत भएपनि त्यो आतङ्कले उन्लाई कम्जोर बनाउन भने असम्भब छ।उन्ले गरेको भन्दा धेरै काम गरेपछि मात्र उन्लाई हराउन सकिन्छ अन्यथा बिरोधी हरूले अप्नाएको ब्यबहार आत्माघाती हो।

चर्चामा

सम्बन्धित समाचार