मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने

सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने

  • शुक्रबार, साउन २०, २०७९
सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने

जनकपुरधाम — जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् ।

अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने राउतले घोषणा गरेका हुन् । अध्यक्ष यादव यसपटक पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

डा. राउतले बिहीबार जनकपुरधाममा बसेको बैठकमा आफूलाई सप्तरी-२ बाट चुनावमा उभ्याउनेबारे छलफल भएको बताए । ‘त्यो छलफल अनुसार त्यहीं क्षेत्रबाट म चुनाव लड्नेछु’ डा. राउतले भने ।

सरकारले ४ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन घोषणापछि नेताहरू उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

के छ अवस्था ?

यो निर्वाचन क्षेत्रमा चार वटा पालिका छ । जसमध्ये दुई वटामा लोकतान्त्रिक समाजवादी -लोसपा), जसपा र कांग्रेस एक/एक पालिकामा निर्वाचित भएका छन् ।

सदरमुकाम राजविराज नगरपालिकामा जसपा, सिके राउतको घर भएको महादेवासहित छिन्नमस्ता गाउँपालिकामा लोसपा र तिलाठी-कोइलाडी गाउँपालिकामा कांग्रेस विजयी भएको छ ।

राउतको घर भएको महादेवाको वडानम्बर-२ मा भने उनकै पार्टी जनमत विजयी भएको छ ।
जिल्लाभर जनमतले दुई पालिका हनुमाननगर र बलान बिहुल जितेको छ तर उनले चुनाव लड्ने घोषणा गरेका क्षेत्र नम्बर २ मा पर्दैनन् ।

स्थानीय तहको मतपरिणाम अनुसार जसपा र जनमत दुवै लोसपा र कांग्रेसभन्दा कमजोर छन् ।अनलाइनखबरबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार