शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • युवकको पेट बन्यो खुत्रुके, शल्यक्रिया गरी निकालियो ६३ सिक्का !

युवकको पेट बन्यो खुत्रुके, शल्यक्रिया गरी निकालियो ६३ सिक्का !

  • बिहिबार, साउन १९, २०७९
युवकको पेट बन्यो खुत्रुके, शल्यक्रिया गरी निकालियो ६३ सिक्का !

काठमाडौं — तपाईले शल्यक्रियाका विभिन्न अनौठा तथा चमत्कारिक घटना सुन्नुभएकै छ होला । डाक्टरहरुले शल्यक्रिया गरेर पेटबाट किला, ढुंगाहरु, कपालको चुल्ठो आदि निकाल्ने गर्दछन् । कसैको पेटबाट धेरै किलो सम्मको ट्युमर समेत निकालिएका छन् ।

छिमेकी मुलुक भारतमा यस्तै अनौठो शल्यक्रियाको घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना ३६ वर्षका एक व्यक्तिको पेटबाट डाक्टहरुले १ भारुका ६३ वटा सिक्का बाहिर निकालेका छन् ।

पेटमा निकै धेरै पीडा भएपछि ती युवकलाई मथुरादास माथुर अस्पतालमा लगियो । डाक्टरहरुले उनको पेटको एक्सरे बाट चेकजाँचपछि प्राप्त रिपोर्ट देख्दा डाक्टरहरु पनि अचम्ममा परे । उनको पेटमा ६३ वटा सिक्का थिए । डाक्टरहरुले दुई दिन लामो शल्यक्रिया गरेर ती सिक्का निकालेर विरामीको ज्यान बचाए ।

ती युवकले डिप्रेसनका कारण दुई दिनभित्रैमा ६३ वटा सिक्का खाएको डाक्टरहरुको भनाइ छ ।

मानसिक अवस्थासमेत कमजोर रहेका ती युवकले चाहिँ आफूले कहिले सिक्का निलेको हो भन्ने कुरा बताउन सकेका थिएनन् ।

हाल ती युवकलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको र उनले स्वास्थ्यलाभ गरिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार