शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • १२ किलो चरेस सहित बझाङमा एक जना प्रकाउ

१२ किलो चरेस सहित बझाङमा एक जना प्रकाउ

  • बिहिबार, साउन १९, २०७९
१२ किलो चरेस सहित बझाङमा एक जना प्रकाउ

अर्थ जङ शाही/ बझाङ — बझाङमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषध चरेश सहित दार्चुलाका एक युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ बस्ने ४३ वर्षीया विरेन्द्र बहादुर खडायत रहेका छन् । अस्थायी प्रहरी पोष्ट बागथलामा खटिएको नियमित चेकिङ टोलीले बुधबार दिउसो उनलाई पक्राउ गरेको थियो ।

बझाङको सदरमुकाम चैनपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १११९ नम्बरको बसमा सवार उनलाई अस्थायी प्रहरी पोष्ट बागथलामा चेक जाँच गर्दा उनको साथबाट १२ किलो लागुऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो । प्रहरीले खडायतलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा राखिएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार