शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि ६० खेलाडी छानिए

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि ६० खेलाडी छानिए

  • बिहिबार, साउन १९, २०७९
१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि  ६० खेलाडी छानिए

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ ।

एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् ।

 

चर्चामा

सम्बन्धित समाचार