शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • समाज
  • भारतिय दुतावासको लगानिमा निर्माण हुन लागेको बिद्यालयको भवन अलपत्र

भारतिय दुतावासको लगानिमा निर्माण हुन लागेको बिद्यालयको भवन अलपत्र

  • सोमवार, साउन १६, २०७९
भारतिय दुतावासको लगानिमा निर्माण हुन लागेको बिद्यालयको भवन अलपत्र

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका २ मा रहेको जनप्रकाश माबिको १५ कोठे भवन ८ बर्षदेखी अलपत्र परेको छ । भारतिय दुताबासको सहयोगमा निर्माणाधिान जनप्रकाश माबिको भवन अलपत्र परेको छ । भारतिय दुताबासको सहयोगमा निर्माण भइरहेको जनप्रकाश उमाबिको भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको जिल्ला समन्वय समिति बाजुराले जनाएको छ ।
भवन निर्माणका लागि २०७२ चैत्र २८ गते सम्झौता भएको थियो । सम्झौता भएको मितिले १५ महिनामा सक्नुर्ने सम्झौता रहेको थियो । तर ३० प्रतिशत काम मात्र गरेर अहिले सम्म भवन अलपत्र अबस्थामा रहेको जिल्ला समन्वय समिति बाजुराका एक कर्मचारीले वताए ।
भवन निर्माणमा निर्माण कमप्पनी र तत्कालिन जिल्ला विकास समिति सँग सम्झौता गरेको थियो । सम्झौतामा ४ करोड ४४ लाख ७२ हजार ४ सय ४४ रुपैँया रकम रहेको थियो । जिल्ला समन्वय समिति बाजुराको प्रतिबेदनमा ३० प्रतिशत सम्म मात्र काम भएको तर भवन अलपत्र अबस्थामा रहेको जिल्ला समन्वय समितिका सुचना अधिकारी दिप्रेन्द्र पाण्डेले वताए ।
दुताबासको सहयोगमा २ वटा छात्राबास भवन र १ बिद्यालय भवनका लागी सहयोग गरेको कार्यालयको श्रोतले उल्लेख गरेको छ । निर्माण कार्यमा स्थानिय ठेक्काको जिम्मा लिएको गाल्वा निर्माण सेवा प्रालिका ठेकेदारको लापरवाहीले काममा हुन नसकेको हो ।
भवन निर्माणका गर्ने नाममा हाल सम्म १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । १५ महिनामा काम गरिसक्ने सम्झौता भए पनी ठेकेदारले काम नगरेको बिद्यालय श्रोतको आरोप रहेको छ । म्याद थपका लागी निर्माण सेवा कम्पनीलाइ बिद्यालय ब्यबस्थापन समितिले पटक पटक पत्रचार गरीएको भए पनी अहिले सम्म कुनै प्रतिक्रिया नआएको बिद्यालयले जनाएको छ ।
१५ महिना सम्म ३० प्रतिशत पनी काम नभएको जिल्ला समन्वय समितिको कार्यलयको रिर्पोटमा उल्लेख गरिएको छ । भवन निर्माणको सम्झौताको म्याद ०७४ को भदौमा नै गइसकेको बताएको छ । आर्थिक बर्ष २०७५÷०७६ को महा लेखा परिक्षणको प्रतिबेदन अनुसार १ करोड ८३ लाख ६० हजार ४ सय ३८ रुपैया निकाशा गरिएको जनाएको छ । मलेपको प्रतिबेदनमा उल्लेख भए अनुसार १ करोड २० लाख १८ हजार ९ सय ३५ रुपैँया ९ पैशा खर्च भएको देखीएको छ । कम्पनीका नाममा ४८ लाख ९३ हजार २ सय ६ रुपैँया पेश्की रहेको रिर्पोटमा उल्लेख गरिएको छ । जिल्ला समन्वय समिति सँग मौज्जाद १४ लाख ४८ हजार २ सय ९६ हजार रुपैँया रहेको मलेप रिर्पोटमा उल्लेख गरिएको पाईएको छ ।
तत्कालिन जिल्ला बिकास समितिका प्रमुख स्थानिय बिकास अधिकारी अर्जुन प्रसाद सुबेदी भारतिय तुदाबासका प्रतिनिधि ज्ञानविर सिहं र जनप्रकाश माध्यामिक बिध्यालयका प्राचार्य अनोज राज गिरी बिच २०१५ नोभेम्बर ६ तारिखमा तिन पक्षिय सम्झौता भएको थियो । निर्माण भएको ३० प्रतिशत काम पनि पुनः गर्नु पर्ने अबस्थामा पुगेको छ । प्राबिधीकहरुका अनुसार हाल भएको कामहरु सबै जिर्ण बनिसकेकोले शुरु देखीनै पुन बनाउनुपर्ने बताउँछन ।
भवनको अबस्था बारे बुझ्न १३ गते मात्र बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा र जनप्रकाश माबिका प्राचार्य अनोजराज गिरी लगायतको टोली भारतिय दुतावासमा पुगेको नगरपालिकाले जनाएको छ । नगरपालिका अनुसार केही समयको छलफल पश्चात दुतावास सकरात्मक रहेको नगरप्रमुख बोहोराले वताए । भारतीय दुतावासको एक टोली स्थलगत अनुगम गरी नयाँ प्रक्रियाबाट अगाडी बढ्ने बताएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार