• होमपेज
  • समाचार
  • ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते

ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते

  • सोमवार, साउन १६, २०७९
ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, ५ जना घाइते

मुगु — मुगुको छारानाथ रारा नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार कर्णाली नदीबाट बालुवा लोड गरी बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएकाे थियो।

दुर्घटनामा सोही नगरपालिका– १३ रुघाका ३५ वर्षीय लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका र उनीहरुको जिल्ला अस्पताल ठिनी मुगुमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। ट्र्याक्टर चालक भने फरार रहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार