आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रतिगामी पाइलो भन्दापनि बिदेशी हस्तक्षेप बढी खतरा!

प्रतिगामी पाइलो भन्दापनि बिदेशी हस्तक्षेप बढी खतरा!

  • शनिबार, साउन १४, २०७९
प्रतिगामी पाइलो भन्दापनि बिदेशी हस्तक्षेप बढी खतरा!

सुरेशकुमार पान्डे — देशमा निरङ्कूश तानाशाही ब्यबस्थाका बिरूद्धमा लगातार बलिदानी पूर्ण शंघर्ष गरेको लामू इतिहाशछ।
देशका जनताले आफ्नो प्राणको बाजी लगाएर देशमा गणतन्त्र ल्यायका हुन।जनताको करिब साढे छे दशकको शंघर्षले सम्बिधान सभाको निर्वाचन पछि देशले धर्म निरपक्षियता र गणतान्त्रिक ब्यबस्थामा मोहोर लगायो यो जनता र देशको लागी पनि ठुलो उपलब्दीहो।
यद्यापी त्यो राष्ट्रियता भन्दा माथी हुन सक्दैन देश छ र हामी छौं।देशको मुद्धा सबैभन्दा माथिको मुद्धाहो अहिले नेपाली कांग्रेस र एमाओवादी लगायतको गठबन्धनको सरकारले एक पछि आर्को राष्ट्रघाती पाइला चाल्दै आएकोछ यो अबस्थामा हामिले देश प्रतिगमन तर्फ जान्छ की भनेर बिदेशी दलालहरूको साथ दिनुलाई सहि भन्न सक्किदैन।राष्ट्रिय जनमोर्चाले नागरिकता बिधेयक खारेजीको लागी आवाज उठाउँदै आएकोछ यद्यापी राजमोले पनि सरकारलाई बाहिर बाट समर्थन गरेकोछ।बाहिर बाट सरकारलाई समर्थन गरेपनी राष्ट्रियताको सवालमा राजमो सचेत छ तर पनि जति राजमोमाथी आकारमण हुंदै आएकोछ त्यती अन्य सरकारभित्रका दलहरूलाई भएकोछैन।यस बारेमा स्वायम राजमोले पनि सोंच्नुपर्नेछ किनकी जनताको आसाको किरण अहिले राजमो नै थियो।
एम सीसी सरकारले पारित गरेपछी देउवा सरकारले अहिले एस पीपी समेतलाई रिजरफमा राखेकोछ त्यो पनि पास निर्वाचन पछी पारित गर्नेछन।इण्डो प्यासिफिक रणनितीको अङ्गलाई देशले अनुमोदन गरिसकेपछी देशको परराष्ट्रनिती असलंगन रहने कुरा हुंदैन।अमेरिकी साम्राज्यवादले चीनलाई घेर्न बनाएको पासामा नेपाल बाट पुरागर्न खोजेको अबस्थामा चिनले हामिलाई साथ दिने अबस्थाछैन।
अहिले नागरिकता बिधेयकलाई सरकारले पारित गरेपछी अब त्यसले बिदेशीहरूलाई देशमा नागरिकता पाउने सजिलो आधार बनेकोछ।
हिंजो जन्मको आधारमा नागरिकता पाएकाहरूले आज बंशजको आधारमा नागरिकता पाउँनेछन र देशमा अंगिकृत नागरिकहरूले उच्च ओहोदामा आसिन हुने मौका पाएपछि देशको अबस्था मिनि इण्डिया भन्दा कम हुने छैन।
अंगिकृत नागरिकहरूलाई फिजिमा समेत सर्वोच्चमा बस्ने छुट छैन त्यसकारण महिन्दर चौधरीलाई फिजिको प्रधानमन्त्री बाट हटाइएको थियो तर यो छुट अहिले नेपालमा हुनेछ।
मेरो बिचारमा देशलाई बिदेशीको जालमा पार्नु भन्दा खतरनाक प्रतिगामी ब्यबस्था हुन सक्दैन।हाम्रो लागी राष्ट्रियता र गणतन्त्र पनि उत्तिकै आधार भुत हो तर देश नै नरहने अबस्थामा बरू प्रतिगामी ब्यबस्था भयपनि देश त जोगिन्छ।कसैलाई पनि आफ्नो देश भन्दा पार्टी प्यारो हुनेछैन।गठबन्धनले लगातार गर्दै आएको राष्ट्रघाती र गठबन्धनकै घटक सँग गर्दै आएको वेमानीले गर्दा अंझैपनि गठबन्धनलाई अंगालो हालेर हिंड्नु राजमोको लागी पनि आत्मघाती हुने देखिन्छ।अहिले सम्म वेदाग रहेको राजमो अहिले यिनै गठबन्धनको राष्ट्रघाती कृयाकलापले गर्दा बद्नाम भएको देखिन्छ।
अहिले नेपालमा आम जनताले चाहे अनुसार न त क्रान्ति हुनसक्छ न देशको बिकास भएकोछ।कम्युनिष्ट आन्दोलनमा खलपात्रहरूको जनम भयो त्यसकारणले कम्युनिष्टहरू बिच एकता पनि असम्भव हुंदै गएको अबस्थामा पार्टीले एक्लै पनि चुनावमा भागलिने गर्दापनि खासै नोक्सान हुनेछैन।लामू समय सम्म आफ्नै नैतिक्तामा पहिचान बनाउन सकेको राजमो अहिले एमाओवादी र कांग्रेसको सरकारलाई समर्थन गरेर बद्नाम हुन पुगेकोछ।
कम्युनिष्ट कुन हो त्यसको ब्यबहार कस्तो हुनुपर्छ?त्यस बारे स्वाम यि बिकासी कम्युनिष्ट भन्नेहरूलाई नै थाहाछैन।
अहिले पुराना कम्युनिष्टका लिडरहरू आफैले पनि राजतन्त्रको वकालत गर्नथालेकाछन।यसरी पनि देशको अबस्था जटिल भएकोछ भन्ने पुष्टि हुन्छ।यिनै कम्युनिष्ट भनौदाहरू कसैले प्रतिगामी बाटो छोपेकाछन कसैले बिदेशिको दलालि गरेकाछन।
देश र जनताको माग र आबस्याकता पनि कृषि क्रान्तीहो तर त्यो अहिलेको अबस्थामा पुरा हुन सक्ने अबस्था छैन किन भने स्वायम यि कम्युनिष्ट भनौदाहरूले नै देशमा त्यस्तो अबस्था सिर्जना गराएकाछन।अब त जब सम्म देशमा क्रान्तिको अबस्था तैयार हुंदैन त्यो वेला सम्म अबस्थानुसारको कार्यनीति तजुर्मा गर्ने कुराहुन्छ।हामिले अहिलेको अबस्थामा सम्बिधानलाई बलियो बनाएर संघियतालाई खारेज गरेर देशमा स साना उद्योगहरू निर्माण गरेर देशलाई विस्वको स्वतन्त्र मुलुकको रूपमा चिनाउने प्रयात्न गर्दै जानु अहिलेको आबस्याकताहो।तर देशमा लगातार कुनैन कुनै असमान सम्झौता हुनेगर्छ र जनता अल्लमल्ल पर्छन।त्यस कारण अब राजमोले यि ठुला दलहरू सँग नाता तोडेर आफ्नो छुट्टै पहिचान बनाउनुपर्ने समयको माग हो।यि बिदेशीका दलाल पार्टीहरू सँग मुछिएर आफ्नो लामू समय सम्म शंघर्ष त्याग र नैतिक्ताको अमूल्य पहिचानलाई नगुमाउँ।यि दलहरू सँग हाम्रा थुप्रै मतभेदहरू हुंदाहुंदैपनि यिनलाई समर्थन गरेर यिनिहरूको दोशमा भागिदार बन्नु मनासिफ हुनेछैन।
हामिले देशलाई बलियो बनाउन हाम्रो ब्यापार भारत चिन लगायतका तेस्रो मुलुक बाटपनि गर्नुपर्छ।छिमेकीहरूले दवाब दिएको अबस्थामा ति मुद्धाहरूलाई अन्तरराष्ट्रियकरण गरेर जानुपर्छ।कुनै ब्याक्ति बिशेषलाई लिएर वा त्यसलाई नङ्गाउँने ब्यबहार पनि देशको हितमा छ भन्नु ठिक होइन।
अहिले देशभित्र प्रतिगामी शक्ति भन्दा पनिखतरनाक र बलियो बनेर साम्राज्यवादी हश्तक्षेप प्रवेश गरेको अबस्थामा देशभक्तहरूको कर्तव्य देशको हित सर्वोपरी हो र देशमा बिदेशको हश्तक्षेपभन्दा प्रतिगामि तुलनात्मक रूपमा प्रगतिसिल बिचारहो भन्ने मलाई लाग्छ।किन भने देश छ र पो हामी स्वतन्त्रताको लागी लडेकाछौं यदी देशनै रहेनभने हामिले केको लागी लडौंला?त्यसैले अहिले सबै राष्टवादी ताकतहरूको एकताले नै देश जोगाउँन सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार