बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ६
  • एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

  • शनिबार, साउन १४, २०७९
एक कल फोन गर्न दुई घण्टा पैदल यात्रा

जुम्लाको गुठीचौर गाउँपालिकाको केही बस्तीका नागरिकले अहिलेसम्म सहजै रुपमा फोन गर्न नपाएको गुनासो गरेका छन् । अहिले पनि एक कल फोन गर्न दुई घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता छ ।

गुठीचौर गाउँपालिका वडा नम्बर एक भित्र पर्ने दुई बस्तीमा टावरले काम गर्दैन । नालापानी र चोत्रा गाउँमा टावरले कामै नगरेको स्थानीय चन्द्रिका बस्नेतले बताइन् । उनले भनिन् -‘गडिगाँउ, डिल्लीकोट र मणिसाघुँमा राम्रोसँग काम गर्छ, तर नालापानी र चोत्रा गाउँमा टावर नै देखाउँदैन।’

गाउँबासी घण्टौँ हिँडेर टावर भएको ठाउँमा वा अग्लो डाँडामा फोन गर्न पुग्छन् । फोनमा आफन्तसँग कुरा गर्नुपरे दुई घण्टाको समय छुट्याएर घरबाट हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

टावरको क्षमता अभिवृद्धि गर्न सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराए पनि काम हुन नसकेको स्थानीयले बताए। यता १ नम्बर वडा अध्यक्ष अर्जुनकुमार महताराले स्थानीयलाई सञ्चारको पहुँचमा पुर्‍याउन पहलकदमी भइरहेको बताए । वडा बाट टावरको क्षमता अभिवृद्धि गरिदिन भन्दै नेपाल टेलिकम शाखा जुम्लालाई सिफारिस पत्र पठाइ सकेको बताए । नेपाल टेलिकम शाखा जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले स्थानीयको माग पूरा गर्न लागि पर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार