• होमपेज
  • समाचार
  • ८ वर्षीया भतिजीमाथि बलात्कार आरोपमा आफ्नै काका पक्राउ

८ वर्षीया भतिजीमाथि बलात्कार आरोपमा आफ्नै काका पक्राउ

  • शनिबार, साउन १४, २०७९
८ वर्षीया भतिजीमाथि बलात्कार आरोपमा आफ्नै काका पक्राउ

महोत्तरी — ८ वर्षीया भतिजीमाथि बलात्कार गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन्। काकाले साउन १० गते राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप लागेको छ।

बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ। २४ वर्षीय आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ। उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार