सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा सेनाले दिए सुत्केरीलाई रगत

जिल्ला अस्पताल बाजुरामा सेनाले दिए सुत्केरीलाई रगत

  • शुक्रबार, साउन १३, २०७९
जिल्ला अस्पताल बाजुरामा सेनाले दिए सुत्केरीलाई रगत

बाजुरा — जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेकी एक महिलालाई नेपाली सेनाका जवानले शुक्रबार रगत दिएका छन । रगतको अभावमा शल्यक्रिया हुन नसकेको अबस्थामा नेपाली सेनाले रगत दिएपछि सल्यक्रिया हुने भएको हो । बडिमालिका नगरपालीका ७ की २४ बर्षीया सरिता सुनारलाई बि पोजेटिभ ब्लडको अभावगले शल्यकृया हुन सकिरहेको थिएन । नेपाली सेनाले रगत दिएपछि उनको शल्यकृया हुने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरामा साउन १३ गते शल्यक्रिया मार्फत बच्चा जन्माउनु पर्ने भएको अस्पताल श्रोतले जनाएको छ । सरिताकोे बल्डको मात्रा कम भएकोले शल्यकृया हुन नसकेकोले अब सहजै सल्यक्रिया हुने अस्पतालले जनाएको छ । सरितालाई एक पोइन्ट रगत आवश्यक परेको थियो ।
रगत अभावमा छट्पटिरहेको अवस्थामा बाजुरा स्थित दुर्गाभन्ज्याङ गुल्मका हवलदार हेमराज कुँवरले ब्लड दिएको अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरिले बताएका छन । ‘सेनाले ब्लड दिएपछि सुत्केरीको सल्यक्रिया गर्न सहज हुने भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
बाजुराका रक्तरञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा सेना, प्रहरी र स्थानीय कर्मचारीले रगत दिएर सर्वसाधरणको ज्यान बचाउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार