सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाली काँग्रेस बडिमालिका नगरपालिकाद्धारा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझायो

नेपाली काँग्रेस बडिमालिका नगरपालिकाद्धारा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझायो

  • शुक्रबार, साउन १३, २०७९
नेपाली काँग्रेस बडिमालिका नगरपालिकाद्धारा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझायो

बाजुरा — नेपाली काँग्रेस बडिमालिका नगरकार्य समिति बाजुरा द्धारा जिल्ला प्रशासन कार्यालय बाजुरालाई ध्यानाकर्षण पत्र बुझाइएको छ । बाजुराको बडिमालिका तिर्थ यात्रा नजिकिए सँगै बल्दे मार्तडी सडक खण्ड अवरुद्ध भएकाले सडक संचालनका लागि नेपाली काँग्रेस नगर कार्यसमिति बाजुराले ध्यानाकर्षण पत्र बुझाइएको हो । बाजुराको पर्यटकिय क्षेत्र बडीमालिकामा हरेक बर्ष जनैपुर्णिमाकाे अघिल्लो दिन मुख्य पूजाआजा हुने र त्यहाँ जाने तिर्थ यात्रा गर्ने यात्रुको सहजताका लागि सडक संचालनका लागि ध्यानाकर्ष गरेको नेपाली काँग्रेस नगर कार्य समितिका सभापती गोपाल कार्कीले बताएका छन ।
तिर्थ यात्र्हरुलाई यातायात,हिड्ने बाटो र अन्य सुविधाको अभावका कारण त्यहाँ पुग्न समस्या भएकाले सडक बाटो संचालन गर्न नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिले जिल्ला प्रशासन कार्यालय बाजुरालाई ध्यानाकर्षण गरेको नेपाली काँग्रेस नगर कार्यसमिति बाजुराका सभापती कार्कीले बताए ।
सुदुरपश्चिम तथा मध्यपश्चिम लगाएत , भारतको कुमाउँ गडवाल सम्मका नागरिकहरु बडीमालीका मन्दिरमा दर्शन गर्न जाने गरेकाले सबैलाई यातायतमा सहज होस भनी प्रशासनलाई सडक संचालनमा ल्याउन ध्यानाकर्षण पत्र बुझाइएको सभापती कार्कीले बताएका छन ।
सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट अछामको साँफेबगर हँुदै बाजुराको बल्दे बजारसम्म गाडीको सुविधा रहेको छ । बर्षेयाममा लगातार बर्षाका कारण सडक भाँसिएका कारण यातायत त परै जावस हिड्ने बाटो पनि नभएका कारण तत्काल सडक संचालन गर्न नेपाली काँग्रेस नगर कार्यसमितिले ध्यानाकर्षण पत्र बुझाइएको जनाएको छ ।
सडक अबरुद्ध भए सँगै बल्देबाट तिर्थ यात्रुहरु पैदलयात्रा मार्फत बडिमालिका पुग्न सकिन्छ । यसैगरी हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी पुग्नुपर्छ भने मार्तडीबाट ३ दिनको उकालो हिडेपछि बडिमालिकामा पुगेर तेस्रो दिन अर्थात जनै पुर्णिमाकाे अघिल्लो दिन भव्य पुजा आजा गर्ने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार