शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • साउदी अरबमा बन्दैछ संसारकै पहिलो भर्टिकल सहर

साउदी अरबमा बन्दैछ संसारकै पहिलो भर्टिकल सहर

  • शुक्रबार, साउन १३, २०७९
साउदी अरबमा बन्दैछ संसारकै पहिलो भर्टिकल सहर

काठमाडौं । विश्वमा पहिलोपटक यस्तो हुँदैछ कि कुनै सहर फैलावटमा होइन उचाइँतर्फ बढेको हुनेछ । उक्त सहरको लम्बाई १ सय ७० किलोमिटर हुनेछ भने चौडाइ केवल २ सय मिटर हुनेछ । सहरको एक छेउँबाट अर्को छेउँसम्म पुग्नका लागि केवल २० मिनेट लाग्नेछ, किनकी त्यहाँ हाइ स्पीड रेल चल्नेछ ।

उक्त भर्टिकल सहरको उचाइँ चाहीँ ५ सय मिटर अर्थात् आधा किलोमिटर हुनेछ । उक्त सहरमा घर माथि घर हुनेछन् । अर्थात् फैलावटमा होइन तह तहको फ्लाट स्टाइलमा ।

उक्त अनौठो सहरको नाम द लाइन राखिएको छ । संसारको पहिलो भर्टिकल सहरमा कार्यालय, घर, पार्क, स्कूल सबै भर्टिकल अर्थात् ठाडो स्वरुपमा हुनेछन् ।

साउदी अरबमा राजकुमार मोहम्मद बिन सलमानले उक्त परियोजनाका बारेमा सबैभनदा पहिले सन् २०२१ के जनवरीमै खुलासा गरेका थिए । सो सहर बनाउनका लागि ५ सय अर्ब डलर खर्च हुने बताइएको छ ।

द लाइन सहरलाई काँचको आधा किलोमिटर अग्लो पर्खालले छोपिनेछ । यो पूरै सहर शत प्रतिशत नविकरणीय उर्जाबाट चल्नेछ । अर्थात् यो सहरमा केवल सौर्य उर्जा तथा वायु उर्जा जस्ता नवीकरणीय उर्जाका श्रोतहरु मत्र प्रयोग गरिनेछ । यहाँ कुनैपनि खालको प्रदुषण हुनेछैन र कार्वन उत्सर्जन पनि शून्य हुनेछ ।

सहरको लम्बाइको १७० किलोटिरको दूरी केवल २० मिनेटमै यात्रा गर्न सकिनेछ । उक्त सहरमा ९० लाख मानिसको बसोबास गराउने योजना छ ।

पारम्परिक फ्लाट तथा फैलिएका सहरको तुलनामा यो सहर लम्बवत अर्थात् भर्टिकल नै हुनेछ । अर्थात् ठाडो सहर । यो सहरमा रेलमार्ग बाहेक अन्य सडक हुनेछैनन्, कार चल्नेछैनन्। सहरको आसपासमा हाइटेक क्षेत्रको विकास गरिनेछ ।

यो करिब २६ हजार ५ सय वर्गकिलोमिटर क्षेत्रमा फैलिएको हुनेछ । ताकि सहरलाई हरेक प्रकारको सहयोग प्रदान गर्न सकियोस् । सन् २०२५ सम्ममा यो सहरको निर्माण सम्पन्न गर्ने योजना छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार