सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगामा प्रत्येक माविमा विज्ञान प्रयाेगशालाकाे बस्थापन गरिने

बुढिगंगामा प्रत्येक माविमा विज्ञान प्रयाेगशालाकाे बस्थापन गरिने

  • बिहिबार, साउन १२, २०७९
बुढिगंगामा प्रत्येक माविमा विज्ञान  प्रयाेगशालाकाे बस्थापन गरिने

बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकाका प्रत्येक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशालको व्यवस्था गरिने भएको छ । आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम अनुसार नगरपालिकामा रहेका प्रत्येक माध्यामीक बिद्यालयहरुमा बिज्ञान प्रयोगशालाको ब्यबस्था गर्ने नगर प्रमुख राम बहादुर बानियाले बताएका छन ।

नगरपालीकाले बिहिबार एक कार्यक्रमका बिच निती तथा कार्यक्रम प्रस्तुत समेत गरेको छ । सो निति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको जनाएको छ । नगर भित्र रहेका प्राविधिक शिक्षालयहरुलाई खोज तथा अनुसन्धानमुलक सिकाई सीपको विकासका लागि विशिष्ट खालको खोज तथा अनुसान्धानमुलक शिक्षा प्रणाली लाई प्राथमिकता दिइने समेत सो निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
पशुपति माबि, त्रिशक्ति मा.विमा नयाँ प्राविधिक यसै शैक्षिक सत्रबाट लागु हुने गरि प्राबिधीक धारको लागि पहल गर्ने नगर प्रमुख बानियाँले बताएका छन् ।

“समृद्ध बुढीगंगा नगरवासीको ईच्छा, सीपयुक्त जनशक्ति, रोजगारमुलक र प्रविधिमैत्री शिक्षा” लाइ मध्यनजर गर्दै प्रत्येक नागरिकलाइ आधारभूत शिक्षा अनिवार्य तथा निशुल्क र माध्यामिक शिक्षामा पहुँच सुनिश्चित गरिनुका साथै कक्षा ११ र १२ अध्ययनका लागि विद्यालयले लिने शिक्षण शुल्क वापतको रकम छुट निति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

शैक्षिक क्षेत्रको सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको प्रवन्ध गरिनेछ र विद्यालय शिक्षामा गुणस्तर सुधारका लागि नगरस्तरिय शिक्षा योजना निर्माण गरी कार्यान्वयन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ । बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा विद्यालय सुधार योजना तथा अन्य शैक्षणिक योजनाहरु निर्माण गर्न लगाइ कार्यान्वयन पक्षलाइ प्रभावकारी वनाउन विद्यालय अनुगमन तथा सुपरीवेक्षणमा विशेष जोड दिइने जनाएकाे छ ।

विद्यार्थीको उच्चतम सिकाइ उपलव्धि हाँसिलका लागि विद्यालयमा आवश्यक शिक्षक दरवन्दिको व्यवस्थापन सहित मौजुदा शिक्षकहरुको क्षमता विकासका लागि विभिन्न तालिम लगायत अन्य कार्यक्रमहरु संचालन का साथै शिक्षामा सुचना प्रविधिको पहुँच सुनिश्चित गर्न विद्यालयमा इन्टरनेट सेवाको विस्तारका लागि योजना बनाई कार्यान्वयन गरिने नगरपालिकाले जनाएकाे छ ।

विद्यालयवाट एस ई ई उतिर्ण गर्ने मध्ये सवै क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न चाहने एक एक जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई बुढीगंगा शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ ।जसको कोई छैन, उसका लागि स्थानीय सरकार भन्ने नारा सहित टुहुरा वालवालिकाको मा वि सम्मको सम्पुर्ण पढाई खर्च नगरपालीकावाट व्यहोर्नेगरी पुर्णतया निशुल्क गरिने उल्लेख गरिएकाे  ।

 नगरपालिकामा स्थानीय र मौलिक संस्कृती झल्किने गरि एउटा–एउटा सुन्दर पार्क निर्माण गर्नुका साथै  स्विमिङ पुल, बाल उद्यान, फन पार्कहरुको  योजना बनाई कार्यान्वयन गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।

गरिव, दलित तथा पछाडी पारिएका वर्गका अनाथ तथा असाहाय बालबालिकाका लागि अनाथालय संचालन गरी पठन पाठनको व्यवस्था मिलाईने जनाएकाे छ  । असाहाय बृद्धहरुका लागि बृद्धाश्रम, घरेलु हिंसाबाट पीडित महिलाका लागि सेफ हाउस संचालनको व्यवस्था गरिनेछ । अपाँगता भएका व्यक्ति तथा एकल महिलाहरुका लागि सीपमुलक तालिमको व्यवस्था गरिने नगरपालिकाले जनाएकाे छ ।

भ्रष्टाचार र अनियमितता , शुन्य सहनशिलता भन्ने नारालाई आत्मसाथ  गर्दै प्रत्येक तिन  महिनामा स्थानिय तहले गरेका असल कार्यको सार्वजनिक समिक्षा गर्ने व्यवस्था गरिने जनाएकाे छ ।

 एक घर एक धारा अभियान संचालन गरी नगरक्षेत्र भित्रका सम्पूर्ण बासिन्दाहरुलाई सुरक्षित तथा स्वच्छ पानीको पहुँचमा पुर्याईने निति लिएकाे नगर उप प्रमुख माया कुवरले बताएकी छन । जलवायु परिवर्तनको असरका कारण खानेपानीका मुहानहरु सुक्दै गैरहेको अवस्थामा हाल देखिएको खानेपानीको अभावलाई पूर्ति गर्न ठुला नदी र पानीका श्रोतहरुबाट लिफ्ट प्रणालीबाट खानेपानी आपूर्तिको व्यवस्थामा जोड दिईने जनाएकाे छ ।

पानीको व्यवशायिक उत्पादन र स्थानीय स्तरमा रोजगारी प्रबद्र्धनका लागि पानी उद्योग स्थापना गर्न नीजि र सार्वजनिक लगानीलाई प्रोत्साहन गरिने छ । नगरपालिकाको सवै वडाको टोल टोलबाट ढल निकासको व्यवस्था गरिनेछ र टोल टोलमा फोहर व्यवस्थापन टिम खटाई फोहोर व्यवस्थापन गरिनेछ ।

नेपाल सरकारले संचालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तरगत कार्यक्रमलाई थप प्रभावकारी तथा नतिजामुखी वनाउन नगरपालिका भित्रका सम्र्पुण बेरोजगार युवाको लगत संकलन गरी नगरको आवश्यकता अनुसार विभिन्न सीपमुलक व्यवसाय हाउस वायरिङ, ड्राईभिङ, बास निगालाका सामग्री निर्माण, माटाका भाँडा निर्माण, मौषमी तथा बेमौसमी तरकारी खेती व्यवसायका लागि तालिम संचालन गरी रोजगारीको प्रवर्द्धन गरिने जनाएकाे छ ।

नगरक्षेत्र भित्रका सम्पुर्ण वन क्षेत्रको संरक्षण र सदुपयोगका लागि आवश्यक नीति तयार गरी कार्यान्वयन गरिनुका साथै स्थानीय स्तरमा रहेको खनिज खोलामा रहेको गिट्टी, बालुवा, जलाधार क्षेत्रको अधिक्तम संरक्षण तथा सदुपयोग योजना निर्माण गरि कार्यान्वयन गरिने नगरपालिकाले जनाएकाे छ । बुढीगँगा नगर क्षेत्र भित्रका सामुदायिक, कवुलियती र राष्ट्रिय वनको संरक्षण र त्यसको प्रबर्धनमा जोड दिईने उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार