• होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

  • बिहिबार, साउन १२, २०७९
भारतमा चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी — पछिल्लो २४ घण्टामा भारतमा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन्।

भारतमा भारी वर्षा भएको छ। आन्ध्र प्रदेशको गोदावरीमा नदीमा आएको बढीमा परेर ७ जनाको मृत्यु भएको छ। त्यस्तै, राजस्थानको जोधपुरमा पनि डुबेर पाँच जनाले ज्यान गुमाएका छन्। यो सिजन मनसुनको सुरुवात भए यता गुजरातमा १ सय र महाराष्ट्रमा ११० भन्दा बढीको मृत्यु भइसकेको छ। त्यस्तै, असममा पनि बाढी र पहिरोका कारण १९७ जनाले ज्यान गुमाइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार