• होमपेज
  • समाचार
  • प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • मङ्लबार, साउन १०, २०७९
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९, तथ्याङ्क विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

छलफल सकिएपछि यी विधेयक आजै पारित गर्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार