शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • शिक्षा क्षेत्र आफ्नाे पहिलाे प्राथमिकता नगर प्रमुख बानिया

शिक्षा क्षेत्र आफ्नाे पहिलाे प्राथमिकता नगर प्रमुख बानिया

  • मङ्लबार, साउन १०, २०७९
शिक्षा क्षेत्र आफ्नाे पहिलाे प्राथमिकता नगर प्रमुख बानिया

बाजुरा — बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले नगर बिकासमा शिक्षा क्षेत्र पहिलाे प्राथामिकतामा राखेर काम गर्ने बताएका छन् ।

मंगलबार भानाेदय नमुना माबिले आयाेजना गरेकाे नवनिर्बाचित जनप्रतिनिधिलाई बधाई तथा स्वागत कार्यक्रममा साे कुरा बताएका हुन् ।
संसारमा सबै भन्दा पहिलाे कुरा शिक्षित मानव नै भएकाेले भाेलिका कर्णदार बालबालिकालाई सबल नागरिक बनाउन आफू रात दिन लागि पर्ने बताए ।

बिगतकाे नेतृत्वले के गर्याे भन्दा पनि अब आफुले शिक्षा क्षेत्रकाे बिकास कसरी लिने भन्ने कार्यदिशा तयार गरिएकाे छ । त्यसै आधारमा नगरकाे शिक्षा क्षेत्रलाई अगाडि बढाउने बताए ।
बिगत आफुले पनि बिद्यालय ब्यबस्थापन समितिमा नेतृत्व लिएर काम गरेकाे छु । बिद्यालय संचालन गर्न के कस्ता याेजनाहरू बनाउदा गुणस्तरिय शिक्षा दिन सकिन्छ अनुभव भएकाे बताए । केही बिगतकाे आफ्नाे अनुभव बाकी नगरपालिका भित्र वा बाहिरका शिक्षा क्षेत्रका जानकारहरू संगकाे सुझाव सल्लाह लिएर अगाडि बढ्ने बताए ।

पाच बर्षकाे कार्यकालमा नगरपालिका भित्रका कुनै पनि स्कुलमा भवन अभाब नहुने बताए । नगरकाे कुनै पनि बालबालिका बिद्यालय बाहिर नहुने बताए स्कुलमा डेस्क बेन्च नभएकाे गुनासाे हुन नदिने बताए ।

बिद्यालयका अध्यक्ष चक्रबहादुर थापाकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रमुख रामबहादुर बानिया विशिष्ट अतिथि उपप्रमुख माया कुवर अतिथि वडा नम्वर ६का अध्यक्ष हेमराज जैशी ५ नम्बरका अध्यक्ष चक्र थापा कार्यपालिका सदस्य सुशिला मिजार भानाेदय नमुना माबिका प्रधानध्यापक मनवीर खाती लगाएकाे उपस्थिति रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार